site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बदला बरिलै जन्माउँदाको सकस
Sarbottam CementSarbottam Cement

दिमागमा विषय त पहिल्यै थियो । तर कहिले यो विषयमा काम गर्न पाइएला ? कौतुहल थियो । तर निश्चित थिएन । कारण थिए– बजेट, समय अनि विश्वासको । ‘बदला बरिलै’ का विषयमा कुरा गर्दा केही वर्ष पहिले फर्किए प्रकाश ।

प्रसंग कोट्याउँदा थोरै तिजको कुरा गर्छन्- तिज भन्नबित्तिकै महिलाहरूको तिज । संस्कृतिसँग जोडेर हेर्दा पराई घर गएकी चेली माइत आएर वर्षदिन घरमा बेहोरेको बुहार्तन आमा तथा दिदीबहिनीसँग साट्ने अवसर हो ।

“कलाकारलाई सिर्जनाको क्षेत्रमा सधैँ केही न केही नयाँ गरौं भन्ने लाग्छ । ममा पनि त्यो हुटहुटी र लोभ नहुने कुरै भएन,” प्रकाश भन्छन्, “महिलाको संवेदनासँग जोडिएको विषयमा तिज गीत निकालौं भनेर गत वर्ष नै मैले केही तयारी गरेको थिएँ । केही लाइन लेखेको पनि थिएँ । तर अरु गीत र कार्यक्रमले गर्दा त्यो सम्भव नै भएन ।”  फलत: एक वर्ष पछि धकेलियो, कारण तिज गीत अरु बेला निकालेर पनि भएन ।

Prabhu Bank
Agni Group
NIC Asia

तर फाइदै भयो प्रकाशलाई । कारण उनीसँग एक वर्षको समय भयो । गीत र स्क्रिप्टमा खेल्न पाए । प्रकाश जहाँ पुगुन मनको एउटा कुनामा मैलै यो काम गर्नु छ है भन्ने लागिरहन्थ्यो । “यो एक वर्ष रिफरेन्स खोज्न मलाई समय भयो । भिडियो मेकिङमा अध्ययन गर्ने मौका पाएँ,” उनी भन्छन् ।

सपना गायिका बन्ने थियो । गीत पनि गाउन थालेकी थिइन् । तर अचानक समाजका लब्ध प्रतिष्ठित मानिने व्यक्तिबाटै कू-दृष्टि पर्‍यो । अन्ततः ज्यानै लियो । आमाबुबा न्यायको ढोका ढक्ढक्याउन प्रहरी प्रशासनमा त गए । तर कानुन नै कज्याउने व्यक्तिले नै अपराध गरेपछि के लाग्थ्यो र आम-सर्वसाधरण नागरिकको ? केही जोड चलेन । तर प्रकाशको दिमाग चल्यो । उनले बदला सिर्जना गरे । ‘टिट् फर ट्याट्’ अर्थात् जस्तालाई तस्तै । जसरी बलात्कारपछि झुन्ड्याएर  मारेको थियो । त्यस्तै उनले पनि हुबहु बदला सिर्जना गरे । कानुनले त दिँदैन तर सिर्जनामा बर्जित हुँदैन नि । त्यसैले उनले अत्याचारीविरुद्ध बदला लिए । ताकि यसले चेतनाको काम गरोस् । यही भावमा गीत तयार गरे ।
० ० ०
प्रकाशलाई तयार शब्द अनुसारको स्वर चाहिएको थियो । हुन त उनी आफैं पनि गायक हुन् । तर महिलाले पोखेको वेदना पुरुष आवाजभन्दा महिलाले नै गाउँदा न्याय होला भन्ने लाग्यो । त्यसो त आजकाल पुरुष आवाजमा पनि थुप्रै तिज गीत सुनिन थालेका छन् । तर उनले यो दुस्साहस गरेनन् ।

Global Ime bank

स्वर र अभिनयमध्ये एकमा स्टारकास्ट गर्ने उनको सोच थियो । केहीलाई डोमी पठाए । तर सुन्दा शब्द र लयअनुसारको फिल पाएनन् । प्रकाशलाई ठेट गाउँले आवाज चाहिएको थियो । जसले फिल दिन सकोस् र आलाप पनि लिन सकोस् ।

उनको दिमागमा आइपुगिन् देवी घर्ती । हजारौं गीत गाइसकेकी, सयौं गीत लोकप्रिय भइसकेका र स्वर पनि राम्रो । आलाप पनि लिन सक्ने । डमी पठाए । प्रकाशलाई चित्त बुझ्यो । प्रकाशले उनैलाई गाउन लगाए ।
० ० ०
भिडियोमा कसलाई अभिनय गराउने होला ? दिमागमा थुप्रै नाम ठेलमठेल आए । तीमध्येको एउटा नाम थियो- केकी अधिकारी । तर गीतले मागेको थियो किशोरी । केकीले किशोरी अवस्था पार गरिसकेको निकै वर्ष बितिसकेको थियो । तर गीतले मागेको थियो ‘इनोसेन्ट’ (माया लाग्दो र सोझो अनुहार) जुन केकीको थियो । उमेर र अनुहार मात्रै भएर कहाँ पुग्थ्यो र अभिनयमा पनि अब्बल चाहिएको थियो । त्यो पनि केकीमै थियो । 

अर्को कुरा कथालाई फिल गर्ने पनि चाहिएको थियो । केकी मानवअधिकारका विषयमा मजाले आवाज उठाउने व्यक्ति महिलामाथि हुने हिंसाका घटनाबिरुद्ध चर्को आवाज उठाउने नायिका, प्रकाशले खोजेको पनि त्यस्तै । अर्को कुरा आँखामा खेल्नु थियो प्रकाशलाई । त्यसका लागि पनि केकी उपयुक्त थिइन् ।

उनलाई डर थियो, कतै भिडियोमा केकीको शरीर ठूलो त देखिँदैन ? अजिङ्गरको आहारा दैवले जुटाउँछ भने झैं केकीले लकडाउनमा मजाले वेट लुज गरेकी रहिछन् ।

केकीलाई प्रस्ताव त गर्ने तर रेप सिन थियो । कसरी गर्ने ? अफ्ठ्यारो लाग्यो प्रकाशलाई । “मेरा कुनै पनि भिडियोमा यस्ता सिन थिएनन् । मैले यस्तो सिनमा पहिलोपटक काम गर्दै थिएँ । रेप अनि झुन्ड्याएको सिन छ, काम गर्नुहुन्छ ? भनेर कसरी सोध्नु मलाई असहज भइरहेको थियो,” प्रकाश नोस्टाल्जिक हुन्छन्, “तर पनि सोध्नु नै थियो । अफ्ठ्यारो लागि लागि सोधेँ । तर उहाँ त मेरो कुरा सुनेर उत्साही हुँदै मैले यस्तो चेतनामूलक गीतमा काम गर्न खोजिरहेको थिएँ पो भन्नुभयो ।” 

भिडियोका लागि केकी त तय भइन् तर अर्को खलपात्र को होला ? प्रकाशलाई हेर्दै खलपात्रको अनुभूत दिने अनुहार र अजङ्गो शरीर भएको व्यक्ति चाहिएको थियो ।

दर्जनौं नेपाली चलचित्र हेरे, नयाँ र पुराना दुवै । “कति अनुहार थिए देखिरहेका चिनिरेहका तर नाम थाहा नहुँदोरहेछ,” प्रकाश भन्छन्, “ध्रुव कोइरालामा गएर म अड्किएँ । उहाँ पनि पहिला नै देखेको तर नचिनेको । चलचित्र ‘परदेशी-२’का प्रोडक्सन म्यानेजर ईश्वर घिमिरेले फोन नम्बर दिए ।

कन्ट्याक त भयो तर रेप सिन तपाईंको भागमा छ कसरी भन्ने ? असहज भइरहेको थियो उनलाई । त्यसैले प्रकाशले स्क्रिप्ट थमाइदिए । ध्रुवले पनि स्क्रिप्ट मन पराए । साइन गरे । दर्जनौं चलचित्रमा अभिनय गरेका ध्रुवको ‘बदला बरिलै’ पहिलो म्युजिक भिडियो थियो ।

लोकेसन खोजे कीर्तिपुर । दुई दिन एक रात लगाएर भिडियो छायांकन गरे । तर दिन र रात दुवै । प्रकाशलाई गीतसँगै भिडियोमार्फत अधिकतम सन्देश प्रवाह गर्नु थियो । त्यसैले भिडियोमा सकेसम्म कुनै सम्झौता गरेनन् । बजेटदेखि समयम र पोस्ट प्रोडक्सनसम्म ।

त्यसैले गीत छोटै किन नहोस् कलर, साउन्ड र इफेक्टमार्फत दृश्यमा खेले । परिणाम भिडियो १५ मिनेट पुगेको छ । मनमा वर्षौंदेखि गुम्सिएको उकुसमुकुसलाई एउटै गीत र भिडियोमा पोखेर सभ्य र समतामूलक समाज निर्माणका लागि सन्देश दिनु थियो । दिए । 

“समाजमा रहेको यो समस्यालाई गीत र भिडियोमार्फत देखाएको छु । इमानदार भएर प्रयास गर्‍यो भने राम्रो हुन्छ भनेर काम गरेको छु । केकीजीका आँखामार्फत नै धेरै कुरा भन्ने प्रयास गरेको छु याद गर्नुभयो भने देख्नु हुनेछ,” प्रकाश भन्छन्, “मेकिङमा ध्यान दियो भने एउटै भिडियोमार्फत पनि धेरै भन्न सकिँदोरहेछ भन्ने लागेको छ । अहिलेसम्मकै महँगो बजेट लागे पनि फेरि एकपटक आत्मसन्तुष्टि मिलेको छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC