site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा गल्फ खेल प्रचलनमा आएको धरै समय भएको छैन । परापूर्वकालमा राजामहाराजाका सन्तानले मात्र खेल्ने गरेको गल्फ अहिले नेपालमा पनि मुख्य खेलको रुपमा स्थापित भएको छ । यसले गर्दा धेरै नेपाली खेलाडीलाई विश्व सामु चिनाउन सफल भएको छ ।  नेपाली गल्फले भर्खरै मात्र घरेलु मैदानमा सम्पन्‍न १३औं सागमा सफलता हात पार्‍यो । गल्फमा नेपालले दुई व्यक्तिगत विधा र एक सामूहिक विधामा स्वर्ण जित्‍न सफल भयो । नेपाली गल्फ इतिहासमा सागमा स्वर्ण आएको यो पहिलोपटक हो । 

नेपाली गल्फले यो भन्दा पहिला पनि इतिहास रचेको छ । एनसेल बाह्रखरी गल्फले पनि विश्वकै अग्लो स्थानमा खेलिएको गल्फ प्रतियोगिताको रुपमा रेकर्ड बनाइसकेको छ । यसरी पर्यटकीय क्षेत्रसँग जाडिएको गल्फको नेपालमा सम्भावना धेरै भएको गल्फ खेलाडी पेम्बा तेन्जिङ शेर्पाले बताएका छन् । 

पेम्बा सन् २००९ देखि अमेरिकामा रहेर गल्फ खेल्न थालेका हुन् । लामो समय गल्फमा लागेका पेम्बालाई नेपाली भएकैले नेपालको गल्फ क्षेत्रले छिट्टै फड्को मारोस् भन्ने चाहना छ । यहि उनको चाहनाअनुसार बेलाबखतमा गल्फसँग सम्बन्धित क्रियाकलाप र गल्फ खेल्न चाहने तर आर्थिक अवस्था कमजोर भएका कारण खेल्न नसकेकाहरुलाई सहयोग गर्दै आइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय गल्फका धेरै प्रतियोगिताहरुले स्थान पाउने गरेका छन् । कतिपय प्रतियोगिताले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत योगदान गर्दै आएका छन् । गल्फलाई नै प्रबर्द्धन गर्न सकियो भने खेल क्षेत्रमा पनि धेरै राहत मिल्ने र पयर्टन क्षेत्रमा पनि उत्तिकै सहयोग हुने शेर्पा बताउँछन् । 

“नेपालमा गल्फको धेरै सम्भावना छ । त्यसको लागि आवश्यक संरचनाहरुको कमी भने हुनु हुँदैन । प्रत्यक्षरुपमा पर्यटक क्षेत्रलाई मुख्य बिन्दुमा राखेर गल्फलाई प्रबर्द्धन गर्न सकेमा भने नेपाली गल्फले छिटै फड्को मार्नेछ,” शेर्पा बताउँछन् । 

Global Ime bank

नेपाली गल्फ क्षेत्रलाई दुई भागमा विभाजन गरी खेल्न सकिने उनको बुझाइ छ । खेल र खेलाडीका लगि बेग्लै तयारीको स्थान र उनीहरुलाई धेरै सेवा सुविधा दिएर नेपाली गल्फले अन्तर्राष्ट्रिय स्तरमा धेरै पदक ल्याउन सक्ने बनाउन सकिने उनले बताए । अर्कोतर्फ व्यवसायिक तथा पर्यटकलाई प्रबर्द्धन गर्नसक्ने तरिकाले गल्फ खेलको विकास गर्नुपर्ने उनी बताउँछन् । 

“नेपालमा गल्फलाई दुई तरिकाले विकास गर्न सकिन्छ । एक खेलका लागि अर्को पर्यटक आकर्षण र व्यवसायका लागि । नेपाल प्राकृतिक स्रोतले भरिपूर्ण छ । मात्र यसको हामीले सही सदुपयोग गर्न सकेका छैनौं । भएको प्राकृतिक स्रोत साधनलाई सही सदुपयोय गर्न मात्र सके गल्फको विकास हामीबाट टाढा छैन,” शेर्पाले बताए । 

उचित भौतिक पूर्वधार आवश्यक 

शेर्पा सन् २०१६ मा नेपालमा गल्फ खेल्न आएका थिए । अमेरिकामा गल्फ खेल्दै आएका उनलाई नेपालमा गल्फ सम्भावना धेरैजस्तो लाग्यो । नेपालमा आयोजना भएको ठूलो प्रतियोगितामा आफ्नो सहभागिता जनाउन पाएका शेर्पालाई अमेरिकामा जस्तो खेल स्थान भइदिए राम्रो हुन्थ्योजस्तो लाग्यो । अर्कोतर्फ नेपालमा भएको हरियाली डाँडापाखालाई गल्फ खेल्ने स्थान बनाउन पाए उचित हुने उनको बुझाइ छ । पर्यटकलाई आकर्षित गर्दै गल्फ खेल्न सकिने स्थान देखेका उनले त्यही उद्देश्यका साथ हाल नेपाली गल्फमा विकास गर्न चाहने ब्यक्तिहरुलाई आफूले सके मात्राको सहयोग गरिरहेका छन् ।

“नेपालमा गल्फ खेलका लागि चाहिने भौतिक पूर्वाधारहरु धेरै छन् । यहाँ लगानी गर्ने व्यक्तिहरुको मात्र खाँचो छ । अर्कोतर्फ राज्यले पनि गल्फ क्षेत्रको विकासका लागि केही सोचिदिए गल्फले मात्र नेपाली पर्यटक क्षेत्र र खेल क्षेत्रमा धेरै राहत दिनेछ,” शेर्पाले भने । 

शेर्पालाई नेपालमा गल्फ खेल्दा र विदेशमा गल्फ खेल्दा धेरै कुराको फरक भने लाग्दैन । बरु उनलाई अचम्म यो लाग्छ कि नेपालमा गल्फ खेल्न बनेका भौतिक पूर्वधारमा खेलाडीहरुले यति धेरै सफलता हात पार्छन् भने यसलाई पूर्णरुपमा राम्रो बनाउन सके कस्तो हुन्छ होला ? यही सोचले आफू गल्फको लागि आवश्यक भोतिक पूर्वाधार निर्माणका लागि आवश्यक रकम जुटाउन पनि तयार भएको शेर्पा बताउँछन् । 

युवाले गल्फका लागि थोरै भए पनि खर्च गर्नुपर्छ 

नेपाली युवाहरुमा गल्फप्रति खासै चासो भने छैन । खेलकुदबाट जीविकोपार्जन गर्न सकिन्‍न भन्ने लागेर कतिपय युवाहरु खेल क्षेत्रमा लाग्‍न रुचाउँदैनन् । कतियले गल्फबाहेकका अन्य खेलहरु खेल्दै आफ्नो खेल यात्रालाई निरन्तरता दिइरहेका छन् ।  नेपालमा धेरै गल्फ खेल्न चाहने युवा भए पनि आर्थिक अभावका कारण खेल्न सकिरहेका छैनन् । आफ्नो आर्थिक अवस्थालाई नियाल्दै नखेली बस्‍न बाध्य हुन्छन् । तर युवाहरुले आफूले गरेको बचतको केही प्रतिशत मात्र गल्फमा लगानी गर्न सकेमा गल्फ क्षेत्रले फड्को मार्ने शेर्पाको बुझाइ छ ।

“नेपाली युवाहरुको आकर्षणको केन्द्रबिन्दु अहिले गल्फ बन्‍न सकेको छैन । धेरै पैसाको खाँचो पर्ने खेल भन्दै गल्फतिर लाग्दैनन् । तर उनीहरुले अन्य ठाँउमा लगानी गर्ने पैसामा केही प्रतिशत मात्र गल्फमा लगानि गर्न सकेमा खेल क्षेत्रदेखि व्यक्तिगत जीवनमा पनि धेरै सफलताहरु प्रप्त गर्न सकिन्छ,” शेर्पाले बताए । 

गल्फ पर्यटन विकासको एक मुख्य पाटो 

नेपाल गल्फ खेलका लागि सम्भावनाको एक मुख्य आधार हो । नेपालका धेरै क्षेत्रमा गल्फ खेल्नका लागि आवश्यक स्थानहरु छन् । राज्यले पनि लगानी गरेर धेरै हिमाली क्षेत्रहरुमा गल्फ खेल्ने वातावरण बनाएमा नेपालमा आउने पर्यटकहरुको संख्या बढ्न सक्ने शेर्पा बताउँछन् । सन् २०१९ मा बाह्रखरीले पर्यटन प्रबर्द्धन गर्ने मुख्य योजनासहित अयोजना गरेको गल्फ प्रतियोगिता जस्तै अन्य प्रतियोगिता पनि हुन आवश्यक भएको उनी बताउँछन् । शेर्पा आफू स्वयं पनि नेपालका केही स्थाहरुमा गल्फ खेल्नसक्ने वातावरण बनाउने योजनामा पनि छन् । 

 “नेपालमा पर्यटनको विकास गर्ने मुख्य आधार मध्य एक गल्फ पनि हो । नेपालको हिमाली क्षेत्रमा गल्फ खेलको प्रचार अन्तर्राष्ट्रियस्तरमा हुन सक्यो भने पर्यटनको विकासमा धेरै टेवा पुग्‍ने देखिन्छ,” शेर्पाले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC