site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५, आदर्शटोलका ७७ वर्षीयको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए । 

गौतमका अनुसार ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि कोसी अस्पताल भर्ना भएका ती वृद्धाको मृत्यु भएको हो । मधुमेह तथा उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

Agni Group

अहिले देशभर जम्मा पाँच हजार नौ सय २५ संक्रमितको उपचार भइरहेको छ । जसमा प्रदेश १ मा ३३४, प्रदेश २ मा २४ सय २७, वाग्मती प्रदेशमा ७१६ र गण्डकी प्रदेशमा २६३ जना संक्रमित उपचाररत छन् । यसैगरी प्रदेश ५ मा ३३५, कर्णाली प्रदेशमा २९५ र सुदूरपश्चिम प्रदेशमा १५ सय ५५ जना उपचाररत रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकामा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका भित्रिने साँगा, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकामा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।

Global Ime bank

नेपालमा मंगलबार थप २५९ संक्रमित थपिएका छन् । सात हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा मंगलबार २५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट चार लाख ६ हजार पाँच सयवटा परीक्षण भएका छन् ।

मंगलबार ६५ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । देशभरका क्वारेन्टिनमा मंगलबार १० हजार ४५२ जना उपचाररत छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC