site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लकडाउनमा जान विज्ञको सुझाव, हतारिएर लकडाउन खोल्नु त्रुटिपूर्ण
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनस्वास्थ्य विज्ञहरूले सरकारलाई पुनः लकडाउनको मोडालिटीमा जान सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य क्षेत्रका विभिन्न विषयविज्ञहरूलाई मंगलबार बालुवाटारमा बोलाएर परामर्श गरेका थिए ।

विज्ञहरूले लकडाउनको मोडालिटी अपनाउन, आंशिक लकडाउन गर्न र कतिपयले लकडाउनले पनि नपुग्ने कर्फ्यु नै लगाएर कोभिड–१९ नियन्त्रणको प्रयास थाल्न सुझाएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कसले लकडाउनमा जानुपर्छ भन्नुभयो, कसैले परीक्षण गरेर जनजीवन सहजै तुल्याउनुपर्छ भन्ने सुझाव दिनुभयो,” कार्कीले बाह्रखरीसँग भने, “ठाउँ हेरेर कडाइ र खुकुलो गर्न पनि सकिन्छ भनेर मिश्रित सुझाव आयो ।” कार्कीले चिकित्सक संघका तर्फबाट सरकारलाई तीन–चारवटा सुझाव दिएको जानकारी दिए ।

“मैले चाहिँ लकडाउन केका आधारमा खोल्यौं ? त्यसको आधार प्रस्ट भएको थिएन । लकडाउन खोल्नुपूर्व तयारी पुगेको पनि थिएन । नागरिकहरू सुसूचित भएका थिएनन्, त्यसमा सरकार हतारियो कि भनेर ध्यानाकर्षण गराएँ,” कार्कीले भने ।

Global Ime bank

परीक्षणको दायरा जतिसक्दो फराकिलो बनाउने, बाहिरको हकमा जहाँ संक्रमण देखिन्छ, त्यहाँ सिल गर्ने, काठमाडौंको हकमा उपत्यका छिर्ने नाकामा हेल्थ डेस्क राख्ने विकल्प हुन सक्छ भनेर सुझाव दिएको कार्कीको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले राय राखिसकेपछि प्रधानमन्त्रीले सबैको सुझावलाई ध्यानमा राखेर सरकारले निर्णय लिने बताएको कार्कीको भनाइ थियो । चिकित्सक संघबाट प्रतिनिधित्व गरेका कार्कीले चिकित्सक, नर्स र कोरोनाको उपचारमा संलग्न अरू चिकित्सकको स्वास्थ्य, पेसागत सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको पनि जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC