site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपोटिजमबारे करिना भन्छिन् - औंला उठाउनेहरुले नै 'नेपोटिस्टिक स्टार' बनाउँदै छन् 
Ghorahi CementGhorahi Cement

एजेन्सी ।  पछिल्लो समय बहसमा आइरहेको विषय ‘नेपोटिजम’बारे अभिनेत्री करिना कपुर खानले आफनो धारणा व्यक्त गरेकी छन् । 

एक भारतीय पत्रकारसँग कुरा गर्दै घटनालाई राम्रोसँग बुझ्नुको साटो मानिसहरु (दर्शक) आक्रामक शैलीमा आएको करिनाले गुनासो पोखिन् । 

Agni Group

शाहरुख खान र अक्षय कुमारप्रति इंगित गर्दै कस्लाई स्टार बनाउने भन्ने कुरा दर्शककै हातमा भएको भन्दै बलिउडमा कोही पनि आफन्त नभएका शाहरुख र अक्षय सफल हुनुमा दर्शककै हात रहेको उनले बताइन् ।

उनी भन्छिन्, “दर्शकले नै हामीलाई बनाएका हुन् । तिनै व्यक्तिहरुले औंला उठाइरहेका छन्, जसले 'नेपोटिस्टिक स्टार' बनाए । चलचित्र हेर्न जान तपाईंलाई कसैले पनि जबरजस्ती गरेको छैन् । तपाईं आफ्नै इच्छाले गइरहनु भएको छ । त्यसैले यो विवाद मैले बुझिरहेको छैन । यो सबै मलाई अनौठो लागिरहेको छ ।”

Global Ime bank

आफ्नो २१ वर्ष लामो चलचित्र करिअर नेपोटिजमको कारणले मात्रै तय भएको होइन भन्दै उनले कति सुपरस्टारका  छोराछोरीले यो यात्रा तय गर्न नसकेको प्रशस्त उदाहरण भएको भन्दै इन्डिष्ट्रमा टिकिरहने एकमात्रै उपाय भनेको मिहनत भएको पनि करिनाले बताइन् । 

साथै उनले स्टार-किड्स भएर मौका पाए पनि सुरुका दिनमा धेरै संघर्ष गर्नुपरेको पनि बताइन् । यद्यपि गोजीमा १० रुपैंया लिएर आएका बाहिरी कलाकारहरुको संघर्षको अगाडि स्टार-किड्सले गरेको संघर्ष भने ओझेलमा परेको उनी बताउँछिन् ।  - हिन्दुस्तान टाइम्स 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC