एजेन्सी । श्रीलंकामा कोरोना महामारीबीच आमचुनाव हुने भएको छ । बुधबार हुने मतदानका लागि विशेष व्यवस्था गरिएको छ ।
दुई सय २५ सदस्यीय संसदको चुनावका लागि सात हजार चार सय ५० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । श्रीलंकामा झन्डै एक करोड ६२ लाख मतदाताहरुले मताधिकार प्रयोग गर्ने बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार झन्डै चार सय मतदाता कोरोना संक्रमणका कारण मताधिकार प्रयोगका लागि वञ्चित हुने भएका छन् । यद्यपि, बढीभन्दा बढी नागरिकले मताधिकार प्रयोगका लागि श्रीलंका सरकारले अनेक प्रकारका तयारीहरु गरेको छ ।
अस्पताल अथवा कोभिड सेन्टरमा १४ दिने क्वारेन्टिन पिरियड पूरा गरेका र होम क्वारेन्टिनमा रहेका नागरिकका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगका अध्यक्ष महिंदा देशप्रियाले चुनावी प्रक्रियाका कारण कोभिड-१९ को जोखिम नबढ्ने दाबी गरेका छन् ।