site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अहिले पनि सरकारले गर्ने नियुक्तिहरूमा राणाकालीन ‘पजनी’को झल्को आउनु विडम्बना हो । तर, दुर्भाग्य, अझै पनि शासकहरूले प्रक्रिया पूरा गरी पजनी प्रथा अपनाउँदै आएका छन् । राणा र शाह शासकहरूले मुलुकलाई नै वैयक्तिक सम्पत्ति ठान्ने गर्थे । यसैले राज्यले दिने पद, पैसा वा प्रतिष्ठा शासकको मर्जीमा निर्भर हुन्थ्यो । शासनको मूल चरित्र र स्रोत दुवै सामन्ती भएकाले यस्तो अभ्यास अस्वाभाविक पनि देखिँदैनथियो । तर, पहिलो जनआन्दोलन पछि २०४६ मा लोकतन्त्रको पुनःस्थापना भए पनि पजनी प्रथा अन्त्य भएन । यसको रूप बदलियो तर समग्रमा शासकको कृपामा सार्वजनिक पद बाँड्ने अभ्यास कायमै रह्यो । सत्तामा नहुँदा पारदर्शी विधिको पैरवी गर्नेहरूको पनि सरकारमा पुगेपछि नियत बिग्रेको देखियो । लगानी बोर्डको कार्यकारी प्रमुखमा अहिले गरिएको नियुक्ति त्यही बदनियतपूर्ण अभ्यासको निरन्तरता हो ।

यसपटक थप विवाद नियुक्त हुने व्यक्तिको योग्यताभन्दा पात्रतामा भएको छ । वैदेशिक लगानीसम्बन्धी काममै संलग्न र केही विवादास्पद कम्पनीको प्रतिनिधित्व गर्ने व्यक्तिलाई त्यसैको नियामक निकायको प्रमुखमा नियुक्त गरिएपछि विवाद उत्पन्न भएको हो । ‘लगानी बोर्ड ऐन, २०६८’को दफा १३ मा कार्यकारी प्रमुखको नियुक्तिका लागि सिफारिस गर्न बोर्डको उपाध्यक्षको संयोजकत्वमा छनोट समिति गठन गर्ने प्रावधान छ । सरकारले गठन गर्ने त्यस्तो समितिले प्रतिस्पर्धाबाट छानिएका तीन जना योग्य उमेदवारको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले तीमध्ये एकजनालाई बोर्डको कार्यकारी प्रमुख नियुक्त गर्ने व्यवस्था कानुनमा छ । बोर्डमा हुने नियुक्ति विवादरहित र पारदर्शी होस् भनेर नै ऐनमा नै नियुक्ति प्रक्रियाको स्पष्ट उल्लेख गरिएको हुनुपर्छ । विडम्बना, शासकको नियत नै खाटो भएपछि विधि, प्रक्रिया र अभ्यासहरू सबै उपहास बन्न पुग्ने रहेछन् । यसपटक भएको लगानी बोर्डको कार्यकारी प्रमुखको नियुक्ति त्यही बदनियतको एउटा उदाहरण हो ।   

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो विसंगतिको अन्त्यका लागि शासकहरूको नियत राम्रो हुनु आवश्यक हुन्छ । शासकले आफूलाई नै राज्य नठान्ने हो भने मूल समस्या समाधान हुन्छ । लोकतन्त्रमा साध्यजत्तिकै साधन पनि पवित्र हुनुपर्छ । यस्तै विधिसँगै प्रक्रियाको महत्त्व स्वीकार गर्नुपर्छ । लगानी बोर्डको कार्यकारी प्रमुख  छनोट गर्न गठित समितिले कानुनमा लेखिएको प्रक्रिया त सबै पूरा गरेको देखिन्छ तर सबैभन्दा महत्त्वपूर्ण प्रक्रियाको पत्रितामा भने कुठाराघात गरिए छ । लगानी बोर्डजस्तो महत्त्वपूर्ण संस्थाको उद्देश्यलाई प्राथमिकता दिएको भए छनोट समितिले स्पष्ट र प्रत्यक्ष ‘स्वार्थको द्वन्द्व’ (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) देखिएको व्यक्तिलाई पहिलो चरणमै छनोट गर्ने थिएन । त्यसो त नैतिकताको हेक्का भए आफू र आफ्नो परिवारको प्रत्यक्ष सरोकार भएको र स्वार्थ बाझिने संस्थाको प्रमुख हुने प्रयास व्यक्ति स्वयंले पनि गर्नु हुँदैनथियो । 

नियुक्ति हुँदा नै विवादमा परेका र यथार्थमा नैतिक वैधता गुमाएका व्यक्तिले नेतृत्व गरेको संस्थाको विश्वसनीयता समाप्त हुन्छ । देशका निजी र सरकारी दुवै क्षेत्रका इमानदार व्यक्तिहरूबाट यस्ता व्यक्तिको अवज्ञा हुनसक्छ । यस्तै जालझेल नगर्ने विदेशी व्यक्ति वा कम्पनी पनि विवादास्पद र संस्थासँगै स्वार्थ बाझिने व्यक्तिलाई पत्याउन हिचकिचाउन सक्छन् । यसैले यस्तो नैतिक वैधता नभएका निर्णय तत्कालका लागि निर्णय गर्ने र गराउनेको स्वार्थ पूरा गर्न साधकमा देखिए पनि देशको हितमा हुँदैन । प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष संलग्नता रहेको भनिएको यो नियुक्ति देशका लागि प्रत्युत्पादक हुने निश्चित देखिन्छ । देशको हित चाहने हो भने यस्तो गलत अभ्यास बन्द हुनुपर्छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC