site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सार्वजनिक भएकोभन्दा तेब्बर
Ghorahi CementGhorahi Cement

तेहरान । इरानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या त्यहाँको सरकारले सार्वजनिक गरेभन्दा तेब्बर रहेको बीबीसी पर्सियन सेवाको अनुसन्धानले खुलासा गरेको छ । 

इरान सरकारको तथ्यांकअनुसार कोरोना संक्रमणबाट २० जुलाईसम्म देशभर ४२ हजारको मृत्यु भएको देखाउँछ । तर, इरानी स्वास्थ्य मन्त्रालयले भने हालसम्म १४ हजार ४०५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

Agni Group

त्यसैगरी कोरोना भाइरस संक्रमितको संख्या पनि सार्वजनिक भएको भन्दा दोब्बर छ । इरानमा कोरोना संक्रमणबाट चार लाख ५१ हजार २४ रहेको जनाइएको छ । तर, इरानको स्वास्थ्य मन्त्रालयले भने हालसम्म दुई लाख ७८ हजार ८२७ कोरोना संक्रमित भएको जनाएको छ । 

आधिकारिक तथ्यांकअनुसार मध्यपूर्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी खराब भएको देखिन्छ । पछिल्लो समय इरानमा दोस्रो लहरको संक्रमण फैलिन सुरु भएको छ । इरानामा २२ जनवरीमा कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएको छ । यसको करिब एक महिनाअघि नै कोरोना संक्रमण देखिएको बताइएको छ । 

Global Ime bank

इरानको आधिकारिक तथ्यांक स्रोतले बीबीसीलाई उपलब्ध गराएको जनाइएको छ । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC