site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्लाज्मा थेरापीबाट कोरोनाका गम्भीर बिरामीको जीवन बचाउन सकिन्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य अनुसन्धान परिषद्‌ले नेपालमा पनि अन्य देशहरुले जसरी प्लाज्मा थेरापी गर्ने निर्णय गर्‍यो । जसका लागि कोरोना निको भएका व्यक्तिहरुको रगतको प्लाज्मा लिएर उपचार गर्ने निर्णय भयो । सोही अनुसार कोरोना संक्रमणमुक्त भएका नुवाकोट स्थायी घर भई काठमाडौंको बौद्धमा बस्‍ने २८ वर्षका पुरुषले रगत दिएका थिए । ती व्यक्ति कोभिड-१९ को संक्रमण हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराएका थिए । 

उनको व्यक्तिगत विवरण परिषदले हेरेर ती व्यक्तिलाई सम्पर्क गरेको रहेछ । मलाई ती व्यक्तिको सम्पर्क नम्बर परिषदले दिएको थियो । सुरुमा ती व्यक्तिलाई काउन्सिलिङ् गरिएको थियो । ती रगत दान दिने व्यक्ति एकदमै सकारात्मक भएका थिए । उता त्रिवि शिक्षण अस्पताल (टिचिङ)को आईसीयूमा रहेका संक्रमितको अवस्था जटिल बन्दै भेन्टिलेटरमा लैजानुपर्ने अवस्था आएको रहेछ । मलाई छिटोभन्दा छिटो प्लाज्मा बनाइदिनु भनेर अस्पतालको आईसीयूको टिमले अनुरोध गरेको थियो । 

साउन १५ गते बिहीबार ती कोरोना (कोभिड १९) निको भएका व्यक्तिबाट चार सय १५ एमएल रगत लिएका थियौं । जुन बिहानको समयमा लिइएको थियो । दुई घण्टा प्लाज्मा छुट्याउन लाग्यो । दुई सय एमएल छुट्याइयो भने 'क्वालिटी कन्ट्रोल' जसले सफा राम्रो गर्न दुई घण्टा लाग्यो । सोही दिन राति नै टिचिङंको आईसीयूमा रहेका कोरोना संक्रमितलाई प्लाज्मा दिइएको थियो । नेपालमा कोभिडका बिरामीको लागि यो विधि सुरु भएको थिएन्, यो पहिलो क्लिनिकल ट्रायल थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो प्रयास नै असफल भएमा अन्यले प्लाज्मा दान गर्न वा प्लाज्मा लिन नमान्‍ने वा असफल भयो भनेर नकारात्मक सन्देश जाने भनेर उक्त दिन तनाव भएको थियो । तर प्लाज्मा थेरापी सफल भएको छ । प्लाज्माको पहिलो डोज लिएका टिचिङको आईसीयूमा उपचाररत संक्रमित आईसीयूबाट बाहिर आएका छन् । 

यो प्लाज्मा थेरापीको विधि रगत दान गर्न कोभिड १९ निको भएका १४ दिनपछि मात्र दिन मिल्छ अथवा कोरोना पोजेटिभ देखिएको २९ दिनपछि मात्र प्लाज्मा दिन मिल्छ । रगत दान गर्ने व्यक्तिको आरटी पीसीआर नेगेटिभ भएको हुन्छ ।तर आरडीटी पोजेटिभ हुनुपर्छ ।  

Global Ime bank

त्यसैगरी यो थेरापी विश्वमा नै कोभिड-१९ का बिरामीको लागि भइरहेको छ । विभिन्‍न अध्ययन हेर्दा ५४ प्रतिशत प्लाज्मा थेरापीबाट जटिल अवस्था भएका व्यक्तिलाई बचाउन सकिन्छ । 

यो विधि अहिले सुरु भएको होइन् । इबोलाको समयमा समेत सुरु प्लाज्‍मा थेरापी विधि प्रयोग गरिएको थियो । निको भएको बिरामीमा एन्टीबडी बनेको हुन्छ, त्यो निकालेर अक्सिजनको मात्रा शरीरमा ९३ प्रतिशतभन्दा कम भएको,श्वासप्रश्वासको समस्या भएका, विभिन्‍न निमोनियाको समस्या भएका, जटिल समस्या देखिएर आईसीयूमा रहेका बिरामीका दिने गरिन्छ । 

पहिला कोरोना निको भएका बिरामीहरु प्लाज्मा दिने व्यक्ति पनि भेटिएको थिएन् । अर्को, आईसीयूमा समेत जटिल कोभिडका समस्या भएका बिरामी पनि भेटिएको थिएनन् । कोभिड १९ निको भएका व्यक्तिको रगत समूह र कोरोनाको जटिल अवस्था भएका बिरामीको रगत समूह मिल्नुपर्छ । कोरोनाको लक्षण फ्रि भएको १४ दिनभएको हुनुपर्छ ।  कोरोना (कोभिड १९) निको भएका व्यक्तिले पनि अन्य समयमा रगत दान गरेजस्तो प्रक्रिया हो । 

तीन-तीन महिनामा रगत दान गर्न मिल्छ । कोरोना निको भएकाहरुले रगत दान गरेर आईसीयू तथा भेन्टिलेटरमा पुगेका संक्रमितको ज्यान जोगाउन सकिन्छ । देशभर १६ स्थानहरु बल्ड बैंकहरु, विभिन्‍न अस्पतालहरु रहेका छन् । कोरोना निको भएकाहरुले जहाँ गएर पनि रगत दान गर्न सक्छन् । प्लाज्मा थेरापी गराउन पाँच सयदेखि १५ सयसम्म पर्छ, यदि आर्थिक अवस्था कमजोर भएका बिरामीको लागि छ भने निशुल्क पनि दिन सकिन्छ । दुई सय एमएललाई बढीमा १५ सय मात्र पर्ने हो । रगत दान गर्ने व्यक्तिलाई कुनै पनि हानीनोक्सानी गर्दैन । 

विभिन्न अध्ययनहरुले कोरोनाका जटिल बिरामीहरुलाई दुईदेखि चार डोजसम्म दिएको देखिन्छ । धेरैलाई भने एकदेखि दुई डोज मात्र दिएको देखिन्छ । एक पटकमा प्लाज्मा दुई सयदेखि २ सय ५० एमएल दिने गरिन्छ । धेरैमा दुई सय एमएल दिँदा ठिक हुन्छन् । यदि दोस्रो पटक दिनुपरेमा  पहिलो र दोस्रो गरेर चार सय एमएलभन्दा बढी बढाउनु हुँदैन् । 

अन्त्यमा हामीले गत बिहीबार बनाएको प्लाज्मामा एकजनाबाट एक जनामा मात्र दिन मिल्छ । प्लाज्मा थेरापीका लागि चाहिने मेसिन (एफेएरीस) हुन्छ । एफेएरिस मेसिनबाट एउटा कोरोना निको व्यक्तिबाट लिएको रगत चार जनासम्मलाई दिन मिल्छ । 

जसमा आठ सय एमएल निकाल्न मिल्छ । यसबाट प्लाज्मा मात्र निकाल्न मिल्छ । तर यो कतिपय सरकारी अस्पतालहरुले ल्याएर सञ्चालनमा नल्याएर थन्काएका छन् । यदि यी मेसिनहरु सञ्चालनमा  ल्याउन सकियो भने धेरै कोरोना निको भएको व्यक्तिहरु (डोनर ) खोज्‍नु पर्दैन थियो । नेपालमा 'ब्लड ट्रान्सफ्युजन' मेडिसिन विशेषज्ञ एकदमै कम छन् । यदि सरकारले मलाई बोलाएर सहयोग माग्यो भने म सहयोग गर्न तयार छु ।

(ग्रान्डी अस्पतालमा कार्यरत ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा .नेपालसँग बाह्रखरीकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित )


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC