site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मलेसियामा नेपाली युवामाथि कुटपिट गर्ने पनि नेपाली नै हुन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मलेसियामा एक नेपाली युवालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा केहीदिनदेखि भाइरल भएको थियो । उक्त भिडियामा सेक्युरिटी गार्डको रुपमा कार्यरत एक युवालाई लगातार कुटपिट गरिरहेको देख्न सकिन्छ । तर उनलाई कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै रहेको खुलेको छ ।

मलेसियास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार दुवैजना नेपाली हुन् ।

“दूतावासले आह्वान गरेअनुसार उक्त घटनाका पीडित र पिडक दुवैजना राजदूतावासको सम्पर्कमा आउनुभयो । दुवैजना व्यक्तिहरु नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ । पीडित इस्लाम हुसेन नवलपरासी जिल्ला र पिडक राम गोपाल मुराउ कपिलवस्तु जिल्लाका स्थायी बासिन्दा हुन्,” विज्ञप्तिमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरु दुवैजना मलेसियामा अवैधानिकरुपमा बस्दै आएको खुलेको छ ।

उनीहरुका अनुसार भिडियोमा देखिएको घटना जुलाई ७ को हो । बिहान करिब १० बजेतिर क्वालालम्पुरमा रहेको एम थ्री मलमा घटना भएको हो । निजहरुमध्ये पीडित सेक्युरिटी गार्ड र पीडक सुपरभाइजर रहेको दूतावासले जनाएको छ ।

Global Ime bank

दूतावासको सम्पर्कमा आएका दुवैजनाले उक्त भिडियोमा देखिएका व्यक्तिहरु आफूहरु नै भएको बताएका छन् । कुटपिट गर्ने मुराउ मलेसियन प्रहरीसमक्ष उपस्थित भएका छन् ।
 

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC