site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालमा २०७६ साल चैत ११ गते बन्दाबन्दी (लकडाउन) लागू गरिँदा दुई जनामात्र कोभिड–१९बाट संक्रमित देखिएका थिए । सरकारले २०७७ साल साउन ६ गते बन्दाबन्दी हटाउने हटाउने निर्णय गर्दा त्यो संख्याले पन्ध्र हजार नाघेको थियो । यो परीक्षण गरिएकाको मात्र संख्या हो । परीक्षण गरिएका अधिकांशमा लक्षण देखिएको थिएन । यसैले समुदायमा लक्षण नदेखिएका संक्रमितको संख्या यसभन्दा धेरै बढी हुनसक्छ । कतै यात्रा नगरेकाहरूमा संक्रमण देखिन थालेकाले पनि समुदायमा संक्रमण फैलेको अनुमान गर्न सकिन्छ । अर्थात्, बन्दाबन्दी (लकडाउन) लागू भएको बेलाभन्दा अहिले स्थिति निकै भयावह भएको छ । यसैले केहिले पुनः बन्दाबन्दी गर्नुपर्ने सुझाव सरकारलाई दिएको हुनुपर्छ । तर, कोभिड –१९ को संक्रमण समुदायमा पुगिसकेका अवस्थामा बन्दाबन्दीबाट लाभभन्दा हानि धेरै हुने यथार्थलाई भने तिनले बिर्सेको देखियो । प्रहरी तैनाथ गरेर बन्दाबन्दी गर्न सकिँदो रहेनछ भन्ने पाठ भने यसले सिकाएको छ ।

नेपालमा बन्दाबन्दीको यथार्थ मूल्यांकन हुनसकेको छैन । एकथरीले बन्दाबन्दीको व्यवास्थापन गर्न नसकिएका कारण यसबाट अर्थतन्त्र र सामाजिक सेवामा क्षतिमात्र पुगेको ठान्छन् । अर्काथरी, त्यतिबेलै बन्दाबन्दी लागू नगरेको भए कोभिड –१९ को संक्रमणले भयावह माहामारीको रूप लिनसक्थ्यो भन्दै चार महिना लामो बन्दाबन्दीको औचित्य सिद्ध गर्न खोज्छन् । यी दुवै तर्क आंशिकरूपमा मा    त्र सही देखिन्छन् । बन्दाबन्दी घोषणा गरे पनि त्यसको व्यवस्थापन गर्न सरकारले आवश्यक कौशल र इच्छाशक्ति देखाउन सकेन । त्यसमाथि राजनीतिक हस्तक्षेप र भ्रष्टाचारले गर्दा बन्दाबन्दीबाट हुने लाभ समुदायले पाउन सकेन । समुदायमा नै पनि बन्दाबन्दी हट्नुको अर्थ महामारीको जोखिम पनि सकिएको हो भन्ने छाप परेको देखियो । त्यसै पनि अलि बढी नै दुस्साहसी नेपालीहरूले कोभिड–१९सँग जिस्किन थाले । यसैले बन्दाबन्दीले गरेको क्षति नेपाली समाजले लामो समयसम्म बेहोर्नु पर्ने भयो भने यसको लाभ खेर गयो । सरकारले गरेको आरडीटी परीक्षण नै पनि सायद समुदायका संक्रमण बढाउने कारक बन्यो । आरडीटीमा संक्रमण नदेखिएको व्यक्तिको पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको उदाहरण बग्रेल्ती छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अब के गर्ने भन्ने विषयमा चैत ११ भन्दा अहिले सरकार र जनसमुदाय दुवै बढी गम्भीर हुनुपर्ने अवस्था उत्पन्न भएको छ । बन्दाबन्दीका चार महिनामा सरकारले परीक्षणको क्षमता बढाएको छ । परीक्षणको संख्या भने अपेक्षाकृत बढेको छैन । सायद, यही क्षमता वृद्धि नै बन्दाबन्दीको मूल उपलब्धि हो । परीक्षणको क्षमता बढाउँदैमा समुदायमा संक्रमण आफैँ रोकिने हैन । यस्तै, सरकारले बनाएका नीति, नियम र निर्देशिका पनि इमानदारीपूर्वक कार्यान्वयन नभए अर्थहीन हुन्छन् । चार महिना लामो बन्दाबन्दी खेर जानुको मूल कारण यही हो । नेपालको सुरक्षाकर्मीलगायत सरकारी संयन्त्र राज्य सञ्चालनका लागि योग्य देखिएनन् । सत्तारुढ दलकै नेता कार्यकर्ताले यहीबीच प्रधानमन्त्री केपी ओलीका पक्षमा जुलुस निकाले । विपक्षीहरूले भेला र पार्टी प्रवेशका कार्यक्रमहरू गरे । कर्मचारीले दबाब र प्रलोभनमा गलत सिफारिस गरे । प्रहरीले लुकिछिपी काठमाडौं पस्नेहरूलाई रोकेनन् । फलस्वरूप, संक्रमण बढ्यो र त्यसमा उद्यमी व्यवसायी, सर्वसाधारण जनताको भन्दा बढी सरकारी कर्मचारीकै बेइमानी मुख्य कारक बन्यो । 

पहिले बन्दाबन्दी लागू गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीचको विवादले प्रधानमन्त्री ओलीको पद धरापमा देखिएको थियो । लगभग चारै महिना नेकपाका शीर्ष नेताहरू पार्टीको आन्तरिक किचलोमा व्यस्त भए । प्रधानमन्त्री ओलीको पद जोगिएको देखिएपछि बन्दाबन्दी खुकुलो बनाइयो । बन्दाबन्दीका कारण अर्थतन्त्र संकटमा परेपछि सरकारले हटाई नै दियो । अर्थात्, बन्दाबन्दी लागू गर्ला र हटाउँदा जनस्वास्थ्य निर्णायक कारक बनेन । राजनीतिक र आर्थिक कारण निर्णायक हुन पुगे । यसैले अब पनि आफ्नो स्वार्थ पूरा गर्न सहायक हुन्छ भन्ने लागेमा सरकारले संक्रमण फैलेको बहानामा बन्दाबन्दी लागू गर्न सक्छ । तर, त्यसको नेपाली समाजले महँगो मूल्य लामो समयसम्म चुक्ता गर्नुपर्ने हुनसक्छ । यसैले फेरि बन्दाबन्दी लागू गर्ने विषयमा अग्रसर हुनुभन्दा संक्रमण क्षेत्र पहिचान गरेर घेर्ने, व्यापक परीक्षण गर्ने र संक्रमणविरुद्ध जनचेतना जगाउने काममा ध्यान दिनु उचित हुनेछ । सरकारसँग परीक्षणको क्षमता पर्याप्त भएको हो भने अरू कार्यक्रमबाट रकम लिएर पनि परीक्षणको दायरा बढाउनुपर्छ । देशको ढुकुटीले धान्न नसके ऋण लिएर पनि परीक्षण गर्दा हुन्छ । पहिलेजस्तै देशभर समान प्रकृतिको बन्दाबन्दी लागू गरियो भने कार्यान्वयनका लागि कर्फ्यु नै लगाउनुपर्नेछ । प्रहरी तैनाथ गरेर बन्दाबन्दी गर्न सकिँदो रहेनछ भन्ने पाठ पनि नसिकेको हो भने नीति निर्माताको मूर्खतामा दयामात्र गर्न सकिन्छ । जनतको रक्षा त पशुपतिनाथले गरिहाल्लान् ! 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC