site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अलैँचीको मूल्य निरन्तर ओरालो
Ghorahi CementGhorahi Cement

बुधबारे । कुनै बेला एक लाख प्रतिमन बिक्री भएको अलैँचीको मूल्य निरन्तर ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारले बिक्री भएको अलैँची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो । देशमा नै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला इलाम नै हो तर यहाँ जति अलैँची उत्पादन बढ्दै गयो त्यति नै भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । 

जिल्लाका किसानले उत्पादन गरेको नगदेबालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा रहेको अलैँची भए पनि यस खेतीसँग लाग्ने किसानमा निराशा पैदा भएको छ ।

Agni Group

अलैँचीको उत्पादन शुरु हुनै लाग्दा किसानमा कोरोनाका कारण अलैँची बिक्दैन कि भन्ने चिन्तासमेत बढ्न थालेको छ । खोला, खोल्सामा उत्पादन हुने अलैँचीलाई खोल्सीको कालो सुन भनेर चिनिने अलैँची सजिलो खेतीका रुपमा समेत पर्छ तर पहिला बढी मूल्यमा बिकेको वस्तु निरन्तर ओरालो लागेपछि स्थानीयवासी चिन्तित भएका हुन् । दैनिक उपभोग्य वस्तुको भाउ दैनिक बढे पनि अलैँचीको भाउ घटेपछि चिन्ता बढेको इलाम सन्दकपुरका किसान कोषराज खतिवडाले बताए । उनको बगानमा अलैँची बढ्न थालेपछि भाउ घटेपछि जुन जोसका साथ अलैँची लगाइएको थियो त्यो जोस हराउँदै गएको छ । 

विश्व बजारमा सुनको भाउ बढ्दा अलैँचीको भाउ पनि बढ्ने गरेको थियो । हाल २० देखि २२ हजारसम्म प्रतिमन अलैँची किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।

Global Ime bank

साउन अन्तिमदेखि अलैँचीको याम शुरु हुन्छ । तल्लो अर्थात् औल क्षेत्रमा साउन अन्तिममा नै अलैँची पाक्छ भने जिल्लाको माथिलो भेगमा कात्तिक अन्तिम सम्ममा मात्र अलैँची टिप्ने गरिन्छ । पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैँची लाएका छन् । निरन्तर भाउमा गिरावट आएपछि चिन्ता छाएको माईजोगमाई गाउँपालिकाका हरि पोख्रेलले बताए ।  भाउमा एकरुपता रहे खासै गाह्रो नभएपछि एकाएक गर्दै बर्सेनी भाउ ओरालो लागेपछि चिन्ता छाएको किसानको भनाइ छ । 

भाउ घट्ने गरेकाले किसानमात्र हैन व्यापारीसमेत चिन्तित हुने गरेका छन् । किसानले पाँच वर्षअघि सलकपुरे, भार्लाङलगायत जातका अलैँची टाढाटाढाबाट खरिद गरिल्याएका थिए । प्रतिसरा रु १० देखि १५ का दरले किनेर रोपेको अलैँची केही मरिसकेको छ भने केही बाँकी रहे पनि उत्पादन दिन छोडेको किसानको भनाइ छ । वर्षभरि घरखर्च चलाउने, छोराछोरीलाई निजी विद्यालयमा पढाउन पनि एक मन अलैँचीले नै पुग्ने गरेको भए पनि हाल छ मन बेच्दा पनि छ वर्ष अघिको एक मन अलैँचीको दाम नभेटाइने गरेको किसानको भनाइ छ । सरकारले पनि अलैँची किसानलाई सिँचाइका लागि पाइप, हिउँदमा तुसारोबाट जोगाउनका लागि केही सहयोग गर्नुपर्ने किसानको भनाइ छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC