कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ६ लाख ६८ हजार

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ६ लाख ६८ हजार

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ६८ हजार नाघेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ६८ हजार ९१० जनाको मृत्यु भएको छ । 

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।  

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । 

यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । 

दक्षिण अफ्रिकामा मात्रै दैनिक १४ हजारसम्म कोरोना संक्रमित थपिन थालेका तथ्यांकमा उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस
ad