site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ताइवानका पूर्व राष्ट्रपति लीको निधन
Sarbottam CementSarbottam Cement

ताइपेई । ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि अशक्त रहनु भएको पारिवारिक स्रोतले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्व राष्ट्रपति लीका शरीरका भित्री अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको संवाददाताहरुलाई जानकारी दिए ।

पूर्व राष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति थिए । उनको कार्यकालमा चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो । -एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ००:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC