site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सर्वोच्चले छलफलमा बोलायो एन्फा र भक्तपुर जिल्ला फुटबल संघलाई 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ र भक्तपुर जिल्ला फुटबल संघलाई छलफलमा बोलाएको छ । एन्फाले गत असार २ गते जिल्ला फुटबल संघ भक्तपुरको कार्यसमिति प्रतिस्थापन गरी अर्को तदर्थ समिति गठन गरेको छ ।

हालको समितिले विधान विपरीत गतिविधि गरेको भन्दै एन्फा कार्यसमितिको बैठकले किशोर हेक्का अध्यक्ष रहेको १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गौतम सुखजुको नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघले एन्फाको छानबिन समितिले दिएको सुझाव र एन्फाको निर्देशन नियमावली र कानुनी प्रक्रिया समेतको उल्लंघन गरेर जिल्ला लिग सञ्‍चालन गरेको एन्फाले बताएको थियो ।

एन्फाले गरेको निर्णयप्रति अध्यक्ष गौतम सुखजुले एन्फाविरुद्ध मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतको शुक्रबारको आदेशले एन्फा र भक्तपुर जिल्ला फुटबल संघलाई यही साउन २१ गते छलफलका लागि बोलाएको छ । 

Global Ime bank

निवेदककातर्फबाट अधिवक्ता राजु बस्नेत, लिला मणि पौड्यल, गोपाल पाण्डे र सुजित केसीले बहस गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC