site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बेल थप एक सिजन रियलमा बस्न चाहन्छन्’
Ghorahi CementGhorahi Cement

एजेन्सी । वेल्स स्ट्राइकर ग्यारेथ बेलले थप एक सिजन स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडमै बस्न चाहेको बताएका छन् । वेल्स राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रियान गिग्सले बेलले थप एक सिजन रियलमै बस्न चाहेको हुन् । 

उनका अनुसार पछिल्लो सिजन जबरजस्ती क्लबबाट बाहिर निकाल्ने प्रयास गरेका रियल प्रशिक्षक जिनेदिन जिदानलसँग हाल बेलको सम्बन्ध राम्रो रहेको बताएका छन् । तर, जिदानले सिजनका अन्तिम सात खेलमा बेललाई मैदानमा उत्रिने अवसर दिएनन् । 

Agni Group

यस सिजन ला लिगाका १६ खेलमा मात्र अवसर पाएका बेलले बेन्चमा बसिरहँदा गरेको उनको व्यवहारलाई कडा आलोचना समेत गरिएको थियो । ग्रानडासँग २–१ को जित निकालेको खेलमा निराश देखिएका उनी सेतो ब्यान्ड टेपको टेलिस्कोपको बनाएर हेरिहेका थिए । उनले च्याम्पियनको ट्रफी सेलिब्रेसनमा पनि खासै खुलेर गरेनन् । उनी उक्त समारोहमा मात्र एक प्रतिनिधिको रूपमा उपस्थित भए जस्ता देखिन्थे । 

तर वेल्स स्टारको रेकर्ड स्कोर टोलीका सहकर्मीले बुझेका छन् । त्यसैले पनि उनी आफ्ना टिम सहकर्मी र स्टाफलाई छोड्ने योजनामा छैनन् । बेलले क्लबसँग २०२२ सम्म एक साताको ६ सय हजार पाउन्डको सम्झौता गरेका छन् । उनी २०१३ मा प्रिमियर लिग क्लब टोटेनहमबाट स्पेन पुगेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC