site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वमाओवादी केन्द्रका मध्यमार्गी नेताहरूको प्रचण्डलाई सुझाव– ओलीसँगै मिल्नुस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वमाओवादी केन्द्रभित्रका मध्यमार्गी नेताहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्री केपी ओलीसँगै मिलेर पार्टीको गतिरोध अन्त्य गर्न सुझाव दिएका छन् ।

झलनाथ खनाल, माधव नेपालसहित ओलीइतर समूहको गठबन्धन बनाएर जाँदा पार्टी संकटको भासमा परेको भन्दै ओली-प्रचण्डबीचकै एकता अहिलेको निकास भएको उनीहरूले औंल्याएका छन् । पार्टीभित्र संवादहीनता बढेपछि र स्थायी कमिटीको बैठक अनिर्णयको घेराभित्र परेपछि बिहीबार पूर्वमाओवादी केन्द्रका हरिबोल गजुरेल, जनार्दन शर्मा, मणि थापा, चन्द्रप्रकाश खनाल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेललगायत नेताहरू छलफलमा जुटेका थिए ।

छलफललगत्तै खुमलटार पुगेर पार्टी अध्यक्ष प्रचण्डलाई निचोड सुनाएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए । “हामीले अध्यक्ष कमरेडलाई पार्टी एकता जोगाउन पहल गर्नुस्, दुघर्टनामा जान दिनुहुँदैन, त्यसमा हामीले के सहयोग गर्नुपर्छ भनेर भन्यौं,” भेटको तात्पर्य खुलाउँदै गजुरेलले बाह्रखरीसँग भने, “अस्तिको बैठकमा पनि दुर्घटनाबाट जान रोकेँ । बिहीबार बिहान महासचिव विष्णु पौडेललाई बोलाएर पहल गर्नुहोस् भनेको छु । अध्यक्षसँग संवाद गर्नुहोस् भनेको छु । मिलाउन पहल गरिरहेकै छु भनेर जवाफ दिनुभयो ।”

Prabhu Bank
Agni Group
NIC Asia

गजुरेलले पार्टी एकता महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमति आवश्यक रहेकाले सोहीअनुसार अघि बढ्न सुझाव दिएको बताए । अरू नेताहरूलाई पनि विश्वासमा लिएर, छलफल परामर्श गरेर अघि बढ्नुपर्ने बताउँदै मुख्य रूपमा दुई अध्यक्षबीच सहमति कायम हुनुपर्ने सुझाव दिएको गजुरेलको भनाइ छ । “दुई अध्यक्षबीच सहमति नभई कुरा मिल्दैन,” गजुरेल भन्छन्, “महाधिवेशनसम्मको म्यान्डेट त्यही हो भनेर हामीले हाम्रा कुरा राख्यौं, उहाँको जवाफ सकारात्मक थियो ।”

‘मैले पूर्वमाओवादीलाई नै एकताबद्ध बनाउन सकिनँ’
नेकपाभित्रको पछिल्लो किचलो पूर्वएमालेभित्रको झगडाजस्तो देखिएको छ । पूर्वमाओवादी केन्द्र समूहभित्र प्रचण्डले एकल अध्यक्षको जिम्मेवारी लिए पुग्ने र ओलीलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने मत बाक्लिँदै गएको छ । तर, पूर्वएमाले, विशेषतः माधव नेपाल समूहका नेताहरू ओलीबाट पार्टी र सरकार दुवै नचल्ने निष्कर्षमा पुगिसकेका छन् । पूर्वएमालेभित्र दुई समूहको ‘इगो’ बढ्दै जाँदा पूर्वमाओवादी केन्द्रभित्र गजुरेल, पौडेल, शर्मा, थापा, रायमाझीलगायत केही नेता बीचमा उभिएका छन् ।

Global Ime bank

“बिहीबार उहाँले बोलाएर गएका होइनौं । हामी आफैं गएका हौं,” प्रचण्डलाई भेट्न खुमलटार पुगेका अर्का नेताले बाह्रखरीसँग भने, “अध्यक्षलाई हामीले पार्टी एकतामा पहल गर्नुस्। त्यसमा हाम्रो सदैव साथ सहयोग रहन्छ । तपाईंले जुन समीकरण बनाउनुभयो, त्यो एकताको भावनाविपरीत छ । तपाईंले केपी ओलीसँगै मिल्नुपर्छ । प्रधानमन्त्रीसँगै मिलेर जाँदा पार्टी एकताको हितमा हुन्छ । पार्टी एकता र स्थायी कमिटीको भेला/ बैठकमा तपाईंले एकता पक्षमा कुरा राख्नुभयो, त्यो राम्रो छ भनेर भन्यौं ।”

मध्यमार्गी समूहले गठबन्धन बनाएर जाने हो भने, पछिल्लो समीकरणलाई निरन्तरता दिने हो भने साथ दिन सकिँदैन भनेर प्रष्ट शब्दमा भनेको ती सदस्यले बताए । जवाफमा अध्यक्ष प्रचण्डले एकताकै  पक्षमा उभिएको र त्यसबाट दायाँबायाँ भएको भए अस्तिकै बैठक नै दुर्घटनाको दिशामा जाने बताएको एक नेताले भने । “तपाईंहरूलाई केपी ओलीचाहिँ एकताको पक्षधर, मचाहिँ विरोधीजस्तो लागेको छ । त्यो होइन,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, “मैले पूर्वमाओवादीलाई नै मिलाउन सकिनँ ।”

स्थायी कमिटी सदस्य मणि थापाले पनि पार्टी एकताका लागि आफूहरूले बीचको भूमिका खेलेको बताए । बिहीबारको भेटमा थापा पनि सरिक थिए । “एकताको पक्षमा उहाँलाई हाम्रो सहयोग हुन्छ । हामीले अहिले बीचको (मध्यमार्गी) भूमिका खेलेका छौं । हाम्रो भूमिकामा तलमाथि हुनुभएन । पार्टी एकीकरणको विचार, भावना, मर्मअनुसारै अब एकता कायम हुनुपर्छ भनेर कुरा राख्यौं,” थापाले बाह्रखरीसँग भने ।

अध्यक्ष प्रचण्डले एकताभन्दा अर्को विकल्प छैन, अस्ति १३ गतेको बैठकमा पनि एकताकै पक्षमा कुरा राखेँ भनेर आश्वस्त पारेको थापाको भनाइ छ । “एकताको पक्षमा आउनुस्, स्वतन्त्र निर्णय गर्नुहोस्, अरूको दबाबमा निर्णय गर्नुहोस् भनेर सुझाव दियौं,” थापाले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC