site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कुपे डी ला लिगको उपाधिका लागि पीएसजी र लियोन भिड्दै
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रान्स लिग वान च्याम्पियन्स पेरिस सेन्ट जर्मन (पीएसजी) ले कुपे डी लिगको उपाधिका लागि लियोनको सामना गर्दै छ । खेल स्टाडे डि फ्रान्स स्टेडियममा नेपाली समयअनुसार राति १२ः५५ बजे सुुरु हुनेछ ।

सिजनका दुई उपाधि उचालिसकेको पीएसजीको यो तेस्रो उपाधि भिडन्त हो । यसअघि कोरोना भाइरसका कारण छोटो सिजनका रूपमा सकिएको लिग वानको उपाधि पीएसजीले जितेको थियो । त्यस्तै गत साता मात्रै पीएसजीले फ्रेन्च कपको उपाधि जितेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सिजनको तेस्रो उपाधिका लागि ब्राजिलियन स्ट्राइकर नेयमार मुख्य हतियार हुनेछन् । युवा स्ट्राइकर केलियन एमबाप्पे चोटका कारण मैदानबाहिर रहेकाले पीएसजीको अग्रपंक्तिको मुख्य भूमिका नेयमारको रहनेछ । नेयमार पछिल्लो समय निकै लयमा छन् । गत साता फ्रेन्च कपमा पीएसजीलाई उपाधि दिलाउन सेन्ट इटिनेविरुद्ध खेलको एकमात्र निर्णायक गोल नेयमारले गरेका थिए । 

पीएसजीले लियोनलाई पराजित गर्न सके नवौंपटक कुपे डि ला लिगको उपाधि जित्नेछ । पीएसजीले पछिल्लो पटक २०७–१८ को सिजनमा कुपे डि ला लिगको उपाधि जितेको थियो । यता लियोनले भने एकपटक मात्र उपाधि जितेको छ । सिजन २०००–०१ पछि तीनपटक कुपे डि ला लिगको फाइनल खेलेको भए पनि उपाधि जित्न भने सकेको छैन । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC