site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लकडाउन खुकुलो भए पनि ईयूको बेरोजगारीमा वृद्धि
Sarbottam CementSarbottam Cement

ब्रसेल्स । जुन महिनामा यूरोपेली संघ (ईयू) क्षेत्रमा कोरोनाभाइरस महामारी नियन्त्रणका लागि अपनाइएका बन्दाबन्दीलगायतका प्रतिबन्धात्मक उपायमा केही खुकुलो भएपनि बेरोजगारी समस्यामा अझै सामान्य वृद्धि नै देखिएको ईयूको बिहीबार सार्वजनिक आधिकारिक तथ्यांकले देखाएको छ ।

यद्यपि बन्दाबन्दी तथा नियन्त्रणका अन्य उपायलाई खुकुलो पारेसँगै उपभोक्ताहरूको विश्वासमा सुधार आएको तथ्यांकमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यूरोपेली १९ मुलुक,जसले एकल मुद्रा (यूरो)को प्रयोग गर्दै आएका छन्, हरू तथा अन्य (ईयू) अन्तर्गतका यूरोपेली राष्ट्रहरूमासमेत मौसमीरूपमा समायोजन गरिएको वेरोजगारी दर जुनमा ७.८ प्रतिशत रहेको छ । जुन अघिल्लो महिनाको (७.७ प्रतिशत) बाट ०.१ प्रतिशत को वृद्धि हो । 

बेरोजगारी दर वृद्धिको प्रमुख कारण भने महामारीलाई नै मानिएको छ । तर कोरोनाभाइरस महामारी र यसको परिचरक बेरोजगारी गणना गर्ने विधिललाई आर्थिक बन्दाबन्दीका कारण हुने रोजगारी गुमाउने वास्तविक मापनलाई मान्यता दिन नसक्ने यूरोस्टाट नामक निकायले चेतावनी दिएको छ । 

Global Ime bank

यूरोस्ट्याटले बेरोजगारहरूको अन्तर्राष्ट्रिय श्रम संगठनको परिभाषा प्रयोग गर्दै बितेका चार हप्तामा सक्रियताका साथ काम खोजी गरिरहेका मानिसहरू र अर्को दुई हप्ताभित्रमा काम सुरू गर्ने श्रमिकलाई वेरोजगार दर मापनका लागि आधार बनाउने जनाएको छ । 

“यसैबीच, बेरोजगारी एजेन्सीहरूमा दर्ता गर्नेहरूको एक महत्वपूर्ण हिस्सा अहिले सक्रियताका साथ रोजगारीको खोजीमा छैनन्, उदाहरणका लागि बन्दाबन्दीका उपायहरू द्वारा सीमित वा कामको लागि अहिले उपलब्ध हुन नसक्ने देखिन्छ । उदाहरणका लागि बन्दाबन्दीको समयमा आफ्ना नानीबाबुहरू वा अविभावकको स्याहारमा रहेका व्यक्ति यतिवेला काम गर्न सम्भव छैन,” युरोस्ट्याटले भनेको छ ।
 
“यसले आईएलओको परिभाषा बमोजिम दर्ता भएका बेरोजगार र बेरोजगारको रूपमा नापिएका व्यक्तिहरूको सङ्ख्यामा संगति नल्याउने देखिन्छ ।” 

यूरोस्ट्याटको अनुमानमा एक करोड ५० लाख २३० व्यक्ति ईयूमा बेरोजगार छन्, जसमध्ये एक करोड २६ हजार ८५० वेरोजगार रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC