site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
काठमाडौं । फिलिपिन्सका एक जना सांसदले अमेरिकी राष्ट्रपति उमेदवार डोनाल्ड ट्रम्पलाई फिलिपिन्समा प्रवेश गर्न प्रतिबन्ध लगाउन माग गरेका छन् । ट्रम्पले फिलिपिन्सलाई 'आतंककारी राष्ट्र' भनेपछि प्रतिबन्ध लगाउन माग गरिएको रोयटरले सोमबार जनाएको छ । 
फिलिपिन्समा ट्रम्पको प्रत्यक्ष व्यवसाय नभए पनि १५ करोड डलरको लागतमा एउटा कम्पनीले ट्रम्पको ब्रान्ड प्रयोग गरेर आवासीय टावर बनाउँदै गरेको पनि रोयटरले जनाएको छ । सांसद् जोए सल्सेदाले ट्रम्पलाई प्रतिबन्ध लगाउन माग गर्दै संसद्मा दर्ता गराएको विधेयकमा सबै फिलिपिनोहरूलाई 'आतंकारी राष्ट्रबाट आएका' भन्नु औचित्यहीन र अविवेकपूर्ण भएको उल्लेख गरिएको छ । 
आप्रवासीहरूविरुद्ध कटु अभिव्यक्ति दिँदै आएका ट्रम्पले मेनको पोर्टल्यान्डमा बोल्दै फिलिपिन्सलगायत विभिन्न देशका आप्रवासीप्रति लक्षित गरेर आतंककारीको संज्ञा दिएका थिए । उनको यही कथनलाई उद्धृत गर्दै ट्रम्पलाई कहिल्यै पनि फिलिपिन्समा प्रवेश गर्न नदिने विधेयक दर्ता गराइएको हो । फिलिपिनी मूलका करिब ४० लाख जना अमेरिकामा बसोबास गर्छन् । 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २४, २०७३  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC