site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओमानमा अलपत्र नेपालीलाई सरकारले उद्धार उडानमार्फत स्वदेश ल्याउने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ओमानमा कोभिड–१९ को कारणले बेरोजगार भएका तथा कम्पनीले पनि कुनै किसिमको सहयोग गर्न नसक्ने अवस्थामा भएको र स्वयम् पनि टिकट खरीद गरेर नेपाल फर्कन असमर्थ नेपालीहरुलाई थप उद्धार उडान मार्फत स्वदेश फिर्ता गर्ने भएको छ । 

ओमानामा रहेको नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको “कोभिड–१९ को विश्वव्यापी सक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदशे फिर्ता गर्ने सम्बन्धी निर्देशिका” मा भएको मापदण्ड अनुसार ओमानमा समस्यामा परेका नेपालीहरुलाई थप उद्धार उडान गरी स्वादेश फिर्ता गर्ने जनाएको हो । 

Agni Group

कोरोनाको कारण समस्यामा परेका नेपालीहरुले फाराम भरी दूतावासमा पेस गर्न सकिने विज्ञप्तीमा जनाइएको छ । हालसम्म ओमानमा कोरोनाको कारण समस्यामा परेका ३९२ जना नेपालीहरु स्वदेश फर्किइसकेका छन् ।

साथै, ओमानबाट नेपाल बिदामा आएका र ओमानको 'रेसिडेन्स पर्मिट' भएका नेपालीहरु ओमान फर्कन पाउने भएका छन् । हाल नेपालमा भएका तथा नेपालको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतको म्याद भएको वा पुनः श्रम स्वीकृती लिएका नेपालीहरु आगामी दिनमा हुने उडानबाट ओमान फर्कन पाउने भएका हुन् । 

Global Ime bank

दूतावासले ओमान फर्कन चाहनेको सूची नेपाली दूतावास ओमानले तयार गरिरहेकोले ओमान फर्कन इच्छुक नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC