site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कालापानी क्षेत्रमा भारतले सुरक्षा बढायो, प्रत्येक ३ किलोमिटर दूरीमा एसएसबी क्याम्प
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतले दार्चुलादेखि कालापानीसम्मको सीमामा सुरक्षा तैनाथी बढाएको छ ।  लकडाउन र लकडाउनकै बीचमा छाङरुमा सशस्त्र प्रहरीको क्याम्प खडा भएपछि भारतले आफ्नो क्षेत्रतर्फ सुरक्षा उपस्थिति बढाएको हो । कालापानी, लिम्पियाधुरा र लिपुलेक पर्ने दार्चुलाको व्यास गाउँपालिकाका अध्यक्ष दिलिप बुढाथोकीले सीमामा विगतमा भन्दा भारतीय सुरक्षा सुरक्षा बल एसएबीको संख्या बढाइएको बताए । 

उनले भने,“कति संख्यामा बढे त्यो त भन्न सकिँदैन । तर अहिले तैनाथी बढेको छ । प्रत्येक ३ देखि ५ किलोमिटरको दुरीमा भारतले धार्चुलादेखि कालापानीसम्म आफ्नो फौज राखेको छ ।” नेपालतर्फको सीमा जोडिएको जिल्ला दार्चुला हो भने भारततर्फको जिल्लालाई धार्चुला भनिन्छ । दार्चुला सदरमुकाम खलंगादेखि कालापानीको दुरी ९० देखि ९५ किलोमिटर रहेको अध्यक्ष बुढाथोकी बताउँछन् ।

Agni Group

केही दिनअघि भारतीय सुरक्षा फौजले गस्तीका लागि कालापानी जाँदै गरेको सशस्त्र प्रहरीलाई ३ किलोमिटर वरबाटै फर्काइदिएको पनि अध्यक्ष बुढाथोकीले बताए । कालापानी, लिम्पियाधुरा र लिपुलेक पूर्णरुपमा भारतको कब्जामा छ ।  नेपालीलाई आवत–जावतमा समेत पूर्णरुपमा रोक लगाइएको छ ।

व्यास गाउँपालिकाले छाङरुबाट कालापानीसम्म पुग्ने गोरेटो निर्माण गरेको छ ।  तर भौगोलिक विकटताले कालापानी पुग्न सहज छैन । भारतीय सुरक्षा फौजले कालापानी क्षेत्र जानबाट नेपालीलाई रोक लगाउँदै आएको छ ।  कतिपय अवस्थामा भने कामविशेषले नेपाली पुगे पनि उनीहरुलाई क्यामेरा, मोबाइललगायतका सबै सामाग्री बोक्न रोक लगाइएको छ ।

Global Ime bank

दार्चुलादेखि व्याससम्म पुग्ने बाटो सहज नहुँदा समेत दार्चुलाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । सरकारले जेठको पहिलो साता कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको थियो ।  कालापानी क्षेत्रमा भारतीय सेनाको फौज पनि स्थायी संरचना बनाएर बसेको छ ।

यस्तै भारतले १४ जुलाईमा एक पत्र पठाउँदै गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन नेपाललाई पत्राचार गरेको थियो ।   भारत धार्चुलाका उपजिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको हुन् ।  स्थानीय प्रशासनले यसबारे केन्द्रलाई जानकारी गराइसकेको जनाएको छ ।

तस्बिर सौजन्य– दिपक खाती 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  ०५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC