site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

आशा गरौँ, मंगलवार नेकपा (एमाले)ले संसद् चल्न दिनेछ । संसद् चल्यो भने पक्कै पनि प्रधानमन्त्रीको निर्वाचन होला । प्रधानमन्त्री पदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र मनोनयन परेको छ । उनका पक्षमा दिनहुँ समर्थन बढ्दो छ । नेपालको राजनीतिका सदावहार ’किङमेकर’हरूले साथ दिइसकेपछि देउवाका पक्षमा ठूलो बहुमत देखिने नै भयो । संसद्मा प्रमुख विपक्षी नेता नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई मनाउन देउवाका सारथीहरू प्रयत्नरत छन् । यसैले ठूलै राजनीतिक उथलपुथल नभए यही साताभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रित्वमा नयाँ सरकार बन्नेछ । देउवाले गठन गर्ने मन्त्रिपरिषद् अहिलेको संसदीय संरचना अनुरूप नै हुने हो । मन्त्री बन्ने लोभले नै अहिले समर्थन गर्नेहरूको होड लागेको हो भन्ने सबैले बुझेकै छन् । यसैले देउवा मन्त्रिपरिषद् सानो, चुस्त र प्रभावकारी होला भनेर अपेक्षा पनि छैन । यसै पनि देउवा जम्बो मन्त्रिपरिषद् बनाउन र सत्ता साझेदारलाई खुसी तुल्याउन त ’बदनामै’ छन् । तैपनि, मन्त्रिपरिषद् गठन गर्दा केही विचार पुर्याएर भने उनको सरकार सुरुमै बदनाम हुनेथिएन ।  

नयाँ प्रधानमन्त्रीले पनि सत्ता साझेदार पार्टीका अध्यक्षहरूकै सिफारिसमा मन्त्री नियुक्त गर्ने हुन् । संसदीय पद्धतिको मर्मविपरीत नेपालमा जननिर्वाचित सांसदका तुलनामा पार्टीका नेता मन्त्री वा शासनका अरू पदाधिकारी छान्न बढी निर्णायक हुनेगरेका छन् । संयुक्त सरकार हुनाले प्रधानमन्त्री स्वयं पनि मन्त्री छान्न स्वतन्त्र हुँदैनन् । यद्यपि, संविधानतः मन्त्रीहरू प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छन् । दलभित्र गुटगत सन्तुलन मिलाउन पनि नेताहरूलाई उत्तिकै सकस हुने गरेको छ । यसैले आगामी सरकारमा मन्त्री बनाउँदा राम्रो काम गरेकाहरूले नै मौका पाउँलान् भन्न सकिँदैन । तर, सरकारलाई प्रभावकारी बनाउने र इमानदारी एवं परिश्रमपूर्वक काम गर्न मन्त्रीहरूलाई उत्प्रेरित गर्ने हो भने पुष्पकमल दाहाल नेतृत्वको सरकारका केही मन्त्रीलाई नयाँ सरकारमा पनि उनीहरूले पहिले समालेकै मन्त्रालयको जिम्मा दिनु उचित हुनेछ ।

Agni Group


दाहाल नेतृत्वको सरकारमा तीन जना मन्त्रीले राम्रो काम गरेको छाप जनतामा परेको छ । ऊर्जा मन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा र उद्योग मन्त्री नवीन्द्रराज जोशीले आआफ्ना मन्त्रालयमा उल्लेखनीय काम गरेका छन् । थोरै समय र अर्कै सरकारले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमभित्र रहेर पनि उनीहरूले गरेको कामको सराहना जनस्तरबाट पनि भएको छ । काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको मूल श्रेय नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाउँछन् तर उनलाई काम गर्ने मौका भने ऊर्जा मन्त्री शर्माले नै दिएका हुन् । यसैगरी नेपालको विद्यमान संरचनाभित्रै पनि स्वास्थ्य सेवालाई जनमुखी र विपन्न हितकारी बनाउन सकिन्छ भन्ने उदाहरण स्वास्थ्य मन्त्री थापाले प्रस्तुत गरेका छन् । धेरै हल्लाखल्ला नगरीकन उद्योग मन्त्री जोशीले सरकारी स्वामित्वका उद्योगहरूको अवस्था सुधार्न सकिन्छ भन्ने प्रमाणित गरे । सानातिना समस्याबाट बन्द भएका उद्योगहरू मन्त्री जोशीकै विशेष प्रयास र अग्रसरतामा सञ्चालनमा आएका छन् ।


मन्त्रीहरूले कार्यकर्ता भर्ती र मन्त्रालयका साधनस्रोतको दोहन गर्नबाहेक अरू केही जान्दैनन् भन्ने धारणा शर्मा, थापा र जोशीले बदलिदिएका छन् । उनीहरू आआफ्ना मन्त्रालयका बारेमा जानकार पनि छन् । नयाँ सरकारको अवधि पनि आउने माघ महिनासम्म अर्थात् ९ महिना हो । यति अवधिमा थप काम गर्नका लागि उनीहरूलाई नै निरन्तरता दिनु उचित हुने देखिन्छ । अहिले काम देखाएर नाम कमाएका मन्त्रीहरूलाई निरन्तरता दिँदा आगामी सरकारलाई राजनीतिक दृष्टिबाट पनि लाभ हुनेछ । 
यसैगरी नेकपा (एमाले) अध्यक्ष केपी ओलीको मन्त्रिपरिषद्मा जस्तो आधार दर्जन उपप्रधानमन्त्री बनाउने वा संसद्मा एक स्थान भएका दलको नेतालाई मन्त्री बनाएर राज्यको ढुकुटी सकेर व्यक्तिलाई खुसी तुल्याउने तमासा पनि नदोहो¥याउनु उचित हुनेछ । सीमित संख्यामा मन्त्री बनाउने र संसदीय हैसियतका आधारमा पार्टीबाट प्रतिनिधित्व गराउने हो भने सरकार जनताको आलोचनाबाट मुक्त हुनेछ भने चुस्त पनि हुनेछ । एमालेको सहमतिविना संविधान संशोधन गर्नु उचित हुनेछैन । संघीय समाजवादी फोरमजस्तै राष्ट्रिय जनता पार्टीले पनि सरकारबाहिरबाट समर्थन दिनसक्छ । कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमका प्रतिनिधि सामेल गरेर सानो तर छरितो सरकार बनाए कम आलोचना हुनेछ । त्यस अवस्थामा पनि दाहाल मन्त्रिपरिषद्मा योग्य सिद्ध भएकाहरूलाई पुनः मौका दिनु सरकार र देश दुवैको हितमा हुनेदेखिन्छ ।   

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC