site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
नबिर्सौँ ! कोरोना हामी बीचमै छ 

करिब चार महिनापछि बन्दाबन्दी अन्त्य भएको घोषणा गरिएको छ ।  एक जनामात्र कोरोना संक्रमित बिरामी रहेका बेला सुरु गरिएको लकडाउन दैनिक करिब १ सय ५० को हाराहारीमा संक्रमित देखिइरहेका अवस्थामा अन्त्य गरिएको छ । बन्दाबन्दीका कारण देशको आर्थिक सामाजिक अवस्था, नागरिकको दैनिकीमा परेको कठिनाइ, मानिसहरुमा परेको मानसिक तनावलगायतका कारण अन्त्य गर्नुको विकल्प पनि सरकारसँग सायद थिएन । 

लकडाउनका अन्तिम दिनहरुमा मानिसहरु स्वतःस्फुर्तरुपमा आफ्ना दैनिक कार्यहरुमा संलग्न हुँदैआएका कारण सडकमा चहलपहल बाक्लै थियो । देशमा कोरोना संक्रमितको संख्या निरन्तर वृद्धि भइरहेको अवस्थामा समेत जीवनलाई जोखिममा राख्नु जनताको बाध्यता बनिसकेको थियो । यसलाई नेपाल सरकारको बन्दाबन्दीको आदेशको विरोधभन्दा पनि बाध्यताको रुपमा सबैले बुझेका थिए । नागरिकसँगै राष्ट्रकै आर्थिक अवस्थामा पनि लकडाउनका नकारात्मक प्रभाव प्रत्यक्ष देखिन थालेका थिए । आर्थिक क्रियाकलाप शून्य प्रायः हुँदा देशको आम्दानीमा प्रत्यक्ष असर परेका कारण सम्पूर्ण क्षेत्रमा कालो बादल मडारिरहेको थियो । यीनै पक्षहरुको विश्लेषण गर्दै कोरोना नियन्त्रणको परिस्थिति पूर्णअनुकूल नहुँदानहुँदै पनि सरकार बन्दाबन्दी (लकडाउन) अन्त्य गर्ने निर्णयमा पुग्यो तर यातायात, कार्यालय, होटल, स्कुलहरुलाई भने क्रमशः खुलाउँदै लैजाने घोषणा गरियो । अर्को शब्दमा, केही समयमा नै दैनिक जीवन सामान्य अवस्थामा आउने मानियो ।

तर, के साच्चै जीवन सामान्य हुने अवस्था आइसकेको छ त ? उत्तर सजिलै छ– अहँ छैन । शत प्रतिशत छैन ।

Agni Group

हालका दिनमा विश्वमा कोरोना संक्रमितको संख्याले हरेक दिन नयाँ रेकर्ड राखिरहेको छ । छिमेकी राष्ट्र भारतलगायत अमेरिका, ब्राजिलमा कोरोना महामारीले विशाल रुप लिइसकेको छ । कोरोना नियन्त्रणमा आइसकेको भनी लकडाउन खुलाएका इटाली, स्पेनलगायतका युरोपेली मुलुकमा संक्रमणको दोस्रो लहर देखिएको छ ।

कोरोना नियन्त्रणका लागि उत्कृष्ट कार्य गरेको मानिएका देशहरुमा समेत कोरोना पुनः फैलिन थालेको छ । विश्व स्वास्थ्य संगठन र वैज्ञानिकहरुले कोरोनाको दोस्रो लहर अहिलेको भन्दा घातक र ठूलो जनधनको क्षति गर्ने खालको हुनसक्ने भन्दै विश्व समुदायलाई सावधान गराउँदै आएका छन् ।  आफ्नो सुझावविपरीत विभिन्न मुलुकले लकडाउन खुकुलो बनाएकोमा विश्व स्वास्थ्य संगठनले दुखः व्यक्त गरिरहेको छ । यस्तो विषम परिस्थितिमा महामारीले कस्तो अवस्था ल्याउने हो भन्ने बारे पूरै विश्व अनभिज्ञ छ ।  

Global Ime bank

सरकारले लकडाउन हटाउनेबित्तिकै सडकमा मानिसको बाक्लो उपस्थिति देखिन्छ ।  लकडाउनको अन्त्य भनेको हामीले कोरोनाविरुद्धको लडाइँमा विजय हासिल गरिसकेजस्तो सोच जनतामा पाइन्छ ।  स्वास्थ्य मन्त्रालयका पदाधिकारी र विशेपज्ञले कोरोनाको गाम्भीर्यलाई बुझ्नगरेको आग्रहलाई जनताले त्यति ध्यान दिएको पाइँदैन । 

लकडाउन त रोग नियन्त्रणको एउटा उपाय हो र यसको प्रयोगले नेपालमा कोरोना फैलिन नदिन निकै सहयोग मिलेको पनि हो । तर, कोरोनाको उपचारमा यसको कुनै योगदान हुँदैन । कोरोना हामीसँगै छ । हाम्रो वातावरणमै रहेको छ ।  केही समय पहिला काठमाडौंको विभिन्न स्थानका ढलबाट लिइएको पानीको नमुनामा परीक्षणमा कोरोनाभाइरस भेटिनु उहाँको वातावरणमा भाइरस रहेको प्रमाण हो । तर, हाम्रो व्यवहार भने कोरोना नै नभएकोजस्तो ढुक्क हुने प्रकारको छ । र यसैकारण लकडाउन खुलिसकेपछि कोरोना संक्रमणको वृद्धि हुनसक्ने देखिन्छ । 

उच्च जनघनत्व भएका काठमाडाैं, बुटवललगायतका सहरमा त जोखिमको मात्रा निकै उच्च छ । नेपालीहरुको आत्मरक्षा प्रणाली बलियो छ भन्ने गलत मानसिकताका कारण पनि हामी आफू, आफ्नो परिवार, समाज र सिगों राष्ट्रलाई धरापमा पारिरहेका छौँ । तर यो यथार्थ कसले बुझिदिने? कसले बुझाईदिने? हो, कसैको बाध्यता होला तर सबैको एउटै अवस्था त पक्कै छैन । 

अत्यावश्यक बाहेकका काममा पनि घरबाहिर निक्लने, भेटघाटका कार्यलाई बाक्लो गराउनेजस्ता कामले कोरोना संक्रमणलाई गिज्याइरहेका छन् । हाम्रो आजको सानो हेलचेक्य्राइँका कारण ठूलो दुर्घटना हुनसक्छ । अब यस बारेमा कसले कसलाई सम्झाउने? सरकार, विभिन्न संस्थाहरुले आग्रह गर्न सक्छन् तर पालना गर्नुपर्ने त हरेक व्यक्तिले नै हो । प्रत्येक नेपालीले आफ्नो जिम्मेवारी र भूमिकालाई महसुस गर्नुपर्दछ । 

नेपालमा कोरोनाको संक्रमण घटेको र समुदायमा नफैलिएको सरकारको दाबी पत्याएर निस्फिक्रीसँग घुमिरहेको देखिन्छ । बुझेर वा नबुझेर मानिसहरु महामारीप्रति गम्भीर छैनन् । तर के हामी ढुक्क हुने अवस्थामा छौँ त? अहँ छैनौ ।  शत प्रतिशत छैनौ । 

नेपालमा भेटिएका ८५ प्रतिशत बिरामीमा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन ।  कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिन सक्ने सम्भावना विश्व स्वास्थ्य संगठनले स्वीकार गरेको छ । कोरोनाविरुद्धको खोपको विकासमा वैज्ञानिकहरु निकै अगाडि बढेको सकेको बताइएपनि खोप प्रयोगमा आउन अझै केही महिना लाग्न सक्छ । सामान्यतया भाइरसहरु उच्च तापक्रममा कम सक्रिय रहने भए पनि कोरोनाभाइरसले फरक व्यवहार देखाइरहेको छ । उच्च तापक्रम हुँदाहुँदै पनि भारत, बंगलादेशलगायतका देशमा कोरोना तीव्ररुपले फैलिरहेको छ । अर्थात्, कोरोनाभाइरसको गुण र विशेपता बारेमा हामीले धेरै बुझ्न पाएका छैनौ । 

भाइरस बारेमा अल्पज्ञान रहेको तथा खोप उत्पादन नभएको अवस्थामा वैज्ञानिकहरुले महामारी थप भयावह हुनसक्ने चेतावनी दिँदा पनि हामी विवेकी किन नहुने? विश्वका महाशक्तिहरु हार खाइरहेको अवस्थामा स्वास्थ्य पूर्वाधार र आर्थिक अवस्था कमजोर रहेको देशका हामीहरु किन होसियार नहुने?  कोरोना संक्रमणको फैलावटलाई बुझ्न छिमेकी भारतको अवस्था अध्ययन गर्दा नै काफी हुन्छ । सामाजिक र आर्थिक अवस्थाका कारण भारतमा पनि तीन महिनाको लकडाउनलाई अन्त्य गरिसकेपछि त्यहाँ संक्रमण बढ्दा विभिन्न स्थानमा पुनः बन्दाबन्दी भयो । यस्तै अवस्था हाम्रो देशमा पनि हुन सक्नेहुँदा समयमै सचेत हुनु जरुरी छ । अहिलेको क्षणिक खुसी भविष्यको दुर्दशा नबनोस् भनी सबैसजग रहनुपर्छ । 

कोरोना रोकथामको लागि सरकार र विश्व स्वास्थ्य संगठनले सुझाएका उपायको पूर्णपालना गर्नु सबैभन्दा उत्तम उपाय हो ।  खोप वा अन्य औषधि उपलब्ध नहुन्जेलसम्म यी उपाय विकल्पहीन हुन् । सामाजिक दूरी कायम राख्नु, व्यक्तिगत सुरक्षाका उपाय र सरसफाइमा ध्यान दिनु, अनावश्यक हिँडडुल नगर्नु, सभा सम्मेलनको आयोजना नगर्नु, भिडभाड नगर्नु र नजानुजस्ता मामिलामा लकडाउन नहुँदा पनि सबै जनता सजग हुनुपर्छ । हो, हाम्रा दिनचर्या सञ्चालन गर्नुपर्ने बाध्यता छ तर आफ्नो सुरक्षा आफूबाहेक अरुबाट सम्भव छैन भन्ने पनि बुझ्नु आवश्यक छ । आफ्ना नियमितका कार्यहरुमा कोरोना संक्रमण रोकथामका उपायको उच्चतम अवलम्बन गरी हामी आफ्नो, परिवारको, समाजको अनि राष्ट्रको सुरक्षा तथा सुन्दर भविष्यको मार्ग बनाइरहेको हुनेछौँ ।  

याद गरौँ ! कोरोना हाम्रो समाजमै रहेको छ र यसले अवसर पाउनेबित्तिकै आफ्नो उग्र रुप देखाइहाल्नेछ । लकडाउन अन्त्य हुनेबित्तिकै हामीले यसरी कोरोना नभएजस्तै व्यहार गर्नु भाइरसलाई निम्त्याउनु नै हो ।  कोरोनासँग खेलबाड गर्नु निकै महँगो पर्नसक्ने हुँदा हामी सबै जिम्मेवार बन्नुपर्छ । साथै समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था निक्र्यौल गर्न सरकारले परीक्षणलाई उच्च दरमा बढाई जनतामा भरोसा सिर्जना गर्नुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC