site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीको कुटपिटबाट बुधवार भएको चेपाङ युवकको मृत्युले शासनको घिनलाग्दो अनुहार फेरि प्रकट भएको छ । केही दिन पहिले चतिवनकै माडीमा चेपाङका घरमा निकुञ्जकै कर्मचारीहरूले आगो लगाइदिएको समाचार सञ्चार माध्यममा आएको थियो । यहीबीचमा सर्वोच्च अदालतका दुईवटा फैसलाका कारण जनमानस क्षुब्ध भएको छ । फैसलामा संलग्न न्यायाधीशहरूलाई महाभियोगको माग गरेर सार्वजनिक प्रदर्शन नै भएको छ । कोभिड–१९ को व्यवस्थापनमा सरकारले गरेको कुव्यवस्थाको विरोधमा सत्याग्रह गर्नेहरूसँग भएको सम्झौता कार्यान्वयनको माग राखेर युवा आन्दोलनकारीले पुनः सत्याग्रह गरेका छन् । घटनाक्रमहरूले देश असामान्य अवस्थामा भएको संकेत गरेका छन् । राष्ट्र असामान्य अवस्थामा हुँदा सबैभन्दा बढी चिन्ता राजनीतिक नेतृत्वले गर्नु स्वाभाविकै हो । 

यस्तो अवस्थामा शासन सञ्चालकहरू मूलतः देशका प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेताबीच पटक पटक भेट हुँदा पक्कै पनि यिनै विषयमा चर्चा भए होलान् भन्ने अटकल नेपाली जनताले गरेको भए त्यो गलत सिद्ध भएको छ । त्यतिमात्र हैन काठमाडौंमा कार्यक्षेत्र भएका केही प्रमुख सञ्चार माधयममा सम्पादकहरूलाई बोलाएर दुई घन्टासम्म राष्ट्रपतिले गरेकी ‘अफ द रेकर्ड’ कुराकानीमा पनि यस्ता विषयमा चर्चा भएजस्तो बुझिँदैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी     (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाबीच भेटघाटको शृंखला बढी नै बाक्लो भएको छ । उनीहरू निकट सहयोगीसमेत साथै राखेर भेटघाट गर्न थालेका छन् । देश असामान्य अवस्थामा भएको बोध गरेर ओली र देउवाले संवादको क्रम बढाएका हुन् त ? 

सार्वजनिक भएका समाचारहरूअनुसार उनीहरूबीच सुरक्षाकर्मीको कुटपिटबाट भएको निहत्था चेपाङ युवकको मृत्यु, मध्य वर्षामा सुकुमवासी चेपाङहरूको घरमा राज्यका तर्फबाट भएको आगजनी वा न्यायको ‘हत्या’का विषयमा छलफल भने भएन । बरु, उनीहरू त संवैधानिक निकायमा रिक्त पदहरूमा भागबन्डा गर्ने विषयमा छलफल गर्न जुटेका रहेछन् । राजकुमार चेपाङ चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत सुरक्षाकर्मीको कुटपिटबाट मारिएका हुन् । त्यसको केही दिन पहिलेमात्र सुकुमवासी चेपाङका घरमा निकुञ्जकै कर्मचारीले आगो लगाएका थिए । सुकुमवासी चेपाङको घरमा मध्य वर्षामा आगो लगाउनेमाथि तत्काल कारबाही गरिएको भए निहत्था युवकलाई मरणासन्न हुनेगरी कुट्ने आँट सुरक्षाकर्मीले पक्कै गर्ने थिएनन् । यो अमानवीय दमन भएको क्षेत्रका सांसद सत्तारूढ दलका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल हुन् । तिनले अहिलेसम्म यी अमानवीय हत्याका विरूद्ध बोलेको सुनिएको छैन । यसले दिएको सन्देश हो जति नै अन्याय भए पनि राज्यबाट न्याय पाउने अपेक्षा राख्नु मूर्खता हुन्छ । राज्यबाट न्यायको अपेक्षा राख्न नसकिने अवस्थाको परिणाम के हुन्छ ? ओली, देउवा र दाहालले अनुमान गरेका छन् ? नागरिकको जिउधनको रक्षा र अन्यायबाट सुरक्षा नगर्ने राज्यको अवसान हुन्छ । अचेल असफल राष्ट्र भनिने अवस्था पनि यही हो । के हाम्रो राज्य अवसान उन्मुख भएको हो ?

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC