site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कक्षा १२ को परीक्षा दसैंअघि, कक्षा ११ मा डी प्लस नल्याए १२ भर्ना हुन नपाउने
Ghorahi CementGhorahi Cement

काठमाडौं । कक्षा १२ को परीक्षा दसैंअघि नै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असोजमा कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो । 

बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी कार्यविधि पनि पारित गरेको छ । कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिने निर्णय गरिसकेको र त्यसका लागि कार्यविधि पनि पारित भइसकेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए ।

Agni Group

“बोर्डले कक्षा १२ को परीक्षा आगामी असोजसम्ममा सम्पन्‍न गरिसक्ने तयारी गरेको छ । बोर्डले कक्षा ११ को परीक्षा र मार्किङको कार्यविधि पनि पारित गरेको छ,” उनले बाह्रखरीलाई जानकारी दिए । असोज लागेलगत्तै कक्षा १२ को परीक्षा गर्ने तयारी बोर्ड गरिरहेको छ । उनका अनुसार विद्यालयले कक्षा ११ को परीक्षा लिँदा बोर्डले यसअघि लिएको जस्तै गरी लिनुपर्ने र प्रमाणीकरण एवं मूल्यांकन पनि विद्यालयले गर्नुपर्नेछ ।

बोर्डले पारित गरेको कार्यविधिअनुसार कक्षा ११ को परीक्षा, प्रमाणीकरण एवं मूल्यांकन विद्यालयले नै गर्ने, कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ सोहीअनुसार ग्रेडिङ गर्ने, पाठ्यक्रमअनुसारै प्रश्‍नपत्र निकाल्नुपर्नेछ। कार्यविधिअनुसार कक्षा ११ मा डी प्लसको ग्रेडिङ नआएका विद्यार्थी कक्षा १२ मा भर्ना हुन नपाउने भएका छन् । बोर्डका अनुसार विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्नेछन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC