site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बहसमा सैनिक आचारसंहिता 

नेपाली सेनाले सप्ताहव्यापी “दोस्रो नेपाली सेना आचार संहिता, २०७७” शुभारम्भ गरेको खबरबाट सैनिक संगठनको शुभचिन्तकको हैसियतमा हर्षित हुनु स्वाभाविकै हो । अनुशासन सबै व्यक्ति तथा संगठनका लागि नभई नहुने विषय हो तर सेनामा यसको आवश्यकता झन् बढी हुने भएकाले सैनिक आचार संहिताको विशेष महत्त्व रहन्छ । हुनत, नेपाली सेनामा आचार संहिता पहिलो पटक लागू भएको होइन र अलिखित भए पनि धेरै अघिदेखि नै विभिन्न नाम तथा स्वरुपमा सेनामा आचार संहिता कायम थियो । त्यसमा पूर्बसैनिक अधिकृतहरुको अथक योगदान रहेको छ । तर, केही लिखित एवम् छरिएर रहेका तथा केही अलिखित मूल्यमान्यताका रुपमा रहेका आचार संहितालाई नयाँ समसामयिक विषयवस्तुसमेत थप गरी संग्रहको रुपमा प्रकाशित भएकाले त्यसको उपादेयता झन् बढ्न गएको हो । 

आचार संहिता संग्रहले एकातिर सैनिकहरुले गर्न हुने र नहुने काममा भइरहने द्विविधालाई धेरै हदसम्म घटाउन मद्दत गर्छ भने अर्कातिर सैनिक मूल्यमान्यताको सबालमा संगठनका सबै सदस्यलाई एउटै मापदण्डमा परिलक्षित हुनसमेत सघाउ पु¥याउँछ । तसर्थ, आचार संहिताको प्रकाशन र त्यसको सही अनुसरणको लागि हुने सप्ताहव्यापी अभियान आफैँमा स्वागतयोग्य कदमहरु हुन् ।

गतवर्ष पहिलो पटक वैशाखको सुरुमै आचार संहिता सप्ताह लागू गर्न “सैनिक आचार संहिता संग्रह, २०७६” ‘युद्ध स्तरमा’ छाप्नुपरेको थियो । उक्त कार्यमा मसँगै अहोरात्र खटिएर काम गर्ने सकल दर्जालाई पक्कै पनि त्यस अभियानको संझना ताजा भएको हुनुपर्छ । सो प्रकाशन नेपाली सेनाको विकासक्रममा एउटा कोसेढुङ्गाको रुपमा रहनेछ भन्ने मेरो विश्वास छ । उक्त कार्यमा विशेष योगदान दिने पाँच जना अधिकृतलाई उनीहरुको कामको मूल्यांकन गर्दै व्यक्तिगतरुपमा मैले डेमी अफिसियल लेटर समेत पठाएको थिएँ । आज उक्त कार्यमा प्रत्यक्ष र परोक्षरुपमा खटिने सकल दर्जाको योगदानलाई समेतलाई सम्झना र सम्मान गर्न उपयुक्त सम्झन्छु ।सेनामा हरेक तहले आफ्नो माहतहतको कामको सही मूल्यांकन र कदर गर्नु पनि सैनिक आचरणभित्र पर्ने कुरा हो जसको लागि नेतृत्वले संधै आँखा कान खुला राख्नुपर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आचार संहिता आफैंमा साध्य भने होइन, साधन हो । जतिसुकै उत्कृष्ट आचारसंहिता तर्जुमा गरे पनि त्यसको सही पालना भएन भने आचार संहिता मात्रैले चाहेको लक्ष्य प्राप्त गर्न सक्तैन । कतिपय अवस्थामा आचार संहितालाई गहनाको रुपमा देखाउन र प्रचारप्रसारको लागि मात्र सीमित पार्ने अथवा त्यसको दुरुपयोगसमेत हुने सम्भावना हुन्छ । हुन त आचार संहिताको कानुनी हैसियत र सीमाहरु छन् । जसरी ऐन तथा नियमहरुको गलत व्याख्या गरी अथवा न्याय सम्पादन गर्दा न्यायीक मनको प्रयोग नगरी पूर्वाग्रही भई निर्दोषीलाई दोषी तथा दोषीलाई निर्दोष करार हुनसक्छ त्यसैगरी आचार संहितालाई हतियार बनाई आफ्नो अभिष्ट साँध्ने अथवा संहिताको अपव्याख्या गरी आत्मकेन्द्रीत गतिविधिमा सम्लग्न हुने हो भने त्यो दुर्भाग्य हुनजान्छ । तसर्थ, आचार संहिता जस्तो अमूर्त दस्तावेजलाई यसको मर्मअनुरुप नेतृत्वमा रहनेले नैतिकताको धरातलमा टेकी लागू गर्न सकेको अवस्थामा मात्र यसले संगठनले खोजेको लक्ष्य प्राप्तिको लागि नैतिकवान् र चरित्रवान् जनशक्ति तयार गर्न टेवा पुग्छ ।

अन्य परिवर्तनशील नियम कानुन झैं आचार संहिता संग्रह पनि एउटा गतिशील दस्तावेज हो । न त यो आफैँमा पूर्ण हुनसक्छ न त यसको सान्दर्भिकता स्थायी नै हुन्छ । त्यसैले, समयक्रमसँगै आचार संहिता परिवर्तन वा पुनरावलोकन हुन आवश्यक पनि हुन्छ ।  हिजो कायम रहेका मूल्यमान्यताहरु आज परिवर्तन हुनसक्छन् ।

Global Ime bank

उदाहरणको लागि हाल भइरहेको लैंगिक हिंसा र रंगभेदी नीतिविरुद्धका विश्व अभियानबाट स्थापित नयां मूल्यमान्यताहरुलाई लिन सकिन्छ । हामी सबैलाई थाहा छ हिजोसम्म हाम्रै समाजले सामान्यरुपमा लिएका कतिपय हाम्रा व्यवहार आज अस्वीकार्य भएका छन् । परम्परागत अथवा चलिआएको भनी कुनै समुदाय वा समूह विशेषलाई होच्याउने खालका उखानटुक्का वा चलनचल्तीका शब्दहरु प्रयोग गर्न मिल्दैन । अझ प्रविधिमा भएका विकासले नितान्त नवीन मूल्यमान्यताहरु स्थापित समेत गरेको पाइन्छ । सामाजिक मूल्यमान्यताहरु कति तीव्र्र गतिमा परिवर्तन भइरहेकाछन् भने सोसँग प्रवाहित हुन हम्मेहम्मे पर्ने अवस्था सिर्जना भएको छ । 

सैनिक संगठन समाजको प्रतिविम्ब भएकाले हरेक सामाजिक परिवर्तनले उक्त संगठनमा पनि गहन प्रभाव पार्छ । जसरी पानीको अस्तित्वसँग समाहित नभई माछा बाँच्न सक्तैन त्यसरी नै समाजको मूल्यमान्यतालाई आत्मसात नगरी सैनिक संगठन अघि बढ्न सक्दैन । तसर्थ, आचार संहितामा समसामयिक परिमार्जन नितान्त जरुरी हुन्छ । 

सैनिक आचार संहिता बहालवाला सैनिकले मात्र नभई भूतपूर्व सैनिकहरुले पनि पालना गर्नुपर्ने भन्ने आशयका समाचार पनि मिडियामा आएका छन् । असल कुराको पालना गर्नु र अनुशासनमा बस्नु आफैँमा नराम्रो होइन । तर, सैनिक आचार संहिता सैनिक संगठनभित्रका सदस्यहरुलाई लक्षित गरी तर्जुमा गरिएकोले यसको प्रभाव सैनिक जीवन सकेर नागरिक जीवन व्यतित गरिरहेका पूर्वसैनिकहरुलाई कति बाध्यकारी हुन्छ हेर्न बाँकी नै छ । किनभने सैनिक आचार संहिताले सेवामा बहाल रहेका सैनिकहरुका अधिकारहरु सीमित गरेको हुन्छ र त्यो सैनिक अनुशासन कायम गर्न तथा सैनिक लक्ष्य प्राप्तिका खातिर आवश्यक पनि हुन्छ । तर, कठोर सैनिक जीवन त्यागी सकेपछि बर्दी फुकालेर एउटा सैनिक सामान्य नागरिकको रुपमा पुनः समाजमा फर्कन्छ । नेपाली नागरिकको हैसियतले नेपालको संविधानले प्रत्याभूत गरेको अधिकारको उपयोग गर्न पाउनु हरेक नेपालीको नैसर्गिक अधिकार हो । उक्त संवैधानिक अधिकार सैनिक संगठनले आफ्ना सेवारत सदस्यहरुका लागि तर्जुमा गरेको आचार संहिताबाट हनन भएको अवस्थामा कस्तो परिस्थितिको सृजना हुन्छ बहसको विषय हुनसक्ने देखिन्छ । 

लोकतान्त्रिक मुलुकहरुमा यस्तो आचार संहिता पूर्व सैनिकहरुका हकमा लागू भएको पाइँदैन । अर्को कुरा, कुनै पनि नीति नियम तर्जुमा गर्दा तथा कार्यान्वयन गर्दा विहङ्गम दृष्टि आवश्यक पर्छ । सैनिक संगठनमा रहँदा सत्ता र शक्तिको प्रभावले गैरसैनिक अधिकार क्षेत्रहरुमा अतिक्रमण हुनजाने तथा आफू सधँै संगठनमा रहिरहन्छु भन्ने जस्तो मानसिकता आउन सक्ने संभावनाप्रति पनि हामी सदैव सजग रहनुपर्छ । 

नेपाली सेना नेपालको सबैभन्दा पुरानो, भरपर्दो, समयले खारेको सम्मानित संस्था हो । यसको संवर्धन र प्रवर्धनका लागि विभिन्न कालखण्डमा यसका सदस्यहरुले गरेको अनवरत प्रयास र बलिदानको कारण आज यो अवस्थासम्म आइपुगेको छ । यसलाई अझ परिष्कृत, परिमार्जित र समयानुकूल बनाउनु आजको आवश्यकता हो । सेनाको आधुनिकीकरण तथा रुपान्तरणका लागि गर्नुपर्ने कामका विविध आयामहरु छन् जसमध्ये संगठनको मुख्य अवयवको रुपमा रहेका यसका सदस्यहरुलाई आदर्शवान् र चरित्रवान् बनाउनु पनि एक हो । त्यस अभियानमा सैनिक आचार संहिता संग्रह एक कोसेढुंगाको रुपमा अवश्य रहन्छ तर सबैभन्दा गुह्य कुरा त्यसको प्रयोग वास्तविक मर्म र भावना अनुरुप हुन्छ कि हँंदैन भन्ने नै हो । 

( नेपाली सेनाका पूर्व नीति तथा योजना निर्देशक )
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC