site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
कोरोनाले विदेशमा १६० नेपालीको मृत्यु, १०७ शव नेपाल ल्याउन बाँकी
Sarbottam CementSarbottam Cement

लन्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८, कुवेतमा ३, यूएईमा ५ जनाको निधन भएको  हो ।

कतारमा निधन भएका ८ जना मध्ये २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १४ देशमा १६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबै कोरोनाबाट मुक्त भएका छन् ।

समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

Global Ime bank

विदेशमा ३० हजार ५७१ जना मध्ये २८ हजार ६८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार  भारत, साउदी, यूएई र कुवेतमा मात्र  ९५० जनामा  नेपालीमा यो साता कोरोना संक्रमणमा देखिएको छ । 

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले ४० जना नेपालको सहित विश्वभर ज्यान गुमाउनेको संख्या २ सय पुगेको छ ।

यस्तै  नेपालमा मात्र  १७ हजार ५०२ जनामा संक्रमण फैलिएको छ । ती मध्ये करिब ६५ प्रतिशत अर्थात ११ हजार ६३७ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

मलेसिया, साउदी, कतार, यूएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।

विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४३४ जनामध्ये १५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १०७ शव नेपाल ल्याउन बाँकी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC