site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अमेरिकी विशिष्ठ व्यक्तिका ट्विटर ह्‍याक प्रकरणबारे एफबीआईले सुरु गर्‍यो अनुसन्धान
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी विशिष्ठ व्यक्तिहरुका ट्विटर अकाउन्ट ह्‍याकरले हाइज्याक गरेको विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान सुरु गरेको छ । बिटक्‍वाइन घोटालाका लागि ह्‍याकरले अर्बपति तथा प्रतिष्ठित व्यक्तिहरुको ट्विटर अकाउन्ट ह्‌याक गरेकाले विषयमा अनुसन्धान थालिएको एफबीआईले जनाएको छ ।

एफबीआईले भन्‍यो, "ट्विटर अकाउन्टहरु क्रिप्टोकरेन्सीको जालसाझी गर्न सम्झौता गर्न ह्‍याक गरिएकोजस्तो देखिन्छ ।"  नागरिकहरुलाई सतर्क रहनसमेत एफबीआईले आग्रह गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्‌विटर अकाउन्ट ह्‍याक हुनेमा अर्बपति इलोन मस्क, जेफ बेजोस् र बिल गेट्‌सजस्ता अर्बपतिहरु रहेका छन् । त्यसैगरी अमेरकी पूर्व राष्ट्रपति बाराक ओबामा, अमेरिकी राष्ट्रपतिका डेमोक्रेट उमेदवार जोइ बाइडेन र कान्या वेस्टलाइको खातामा झुटा ट्विटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो ।

उबर र एपलजस्ता संस्थाहरुसमेत ह्याकरको आक्रमणमा परेका छन् । साइबर आक्रमण गरेर दुरुपयोग गरेका यी सबै ट्विटर खाताका दशौं लाख फलोअर्सहरु छन् । 

Global Ime bank

बिल गेट्‌सको ट्विटर अकाउन्टमा राखिएको ट्विटमा लेखिएको थियो, "मलाई सबैले अरूलाई दिन आग्रह गरेका छन्, र अहिले त्यो समय आएको छ । एक हजार डलर पठाउनुस् । म तपाईंलाई २,००० डलर पठाउँछु ।"

सो बिटक्‍वाइन खातामा अहिलेसम्म १ लाख डलर जम्मा भएको बताइएको छ ।  अकाउन्ट ह्याक भएको सम्बन्धमा ट्विटरले जुलाई २३ मा ब्रिफिङ गर्नुपर्ने संसदीय समितिले जनाएको छ । सिनेटको वित्त समितिले ट्विटरलाई ब्रिफिङका लागि बोलाएको हो । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC