site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टेलिकमको सिमकार्ड अभाव
Ghorahi CementGhorahi Cement

काठमाडौं । बजारमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ । बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन् । 

टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ । गत चैतयता नै बजारमा सिमकार्ड नआएको चापागाईँ ट्रेर्डसका सञ्चालक सूर्य चापागाईँले बताए । 

Agni Group

“वितरक कम्पनीले कोरोनाका कारण सिमकार्ड आउन ढिलो भएको जनाएका छन्”, उनले भने । चापागाईँका अनुसार प्रिपेडको सिमकार्ड किन्न आउने प्रयोगकर्तालाई दिनदिनै फर्काउनुपरेको छ ।

टेलिकमको सिमकार्ड नपाएपछि प्रयोगकर्ताले अन्य दूरसञ्चार सेवा प्रदायकका सिमकार्ड किन्न बाध्य छन् । बागलुङसहित पर्वत, म्याग्दीका (पिओएस) लाई बन्दाबन्दीपछि सिमकार्ड पठाउन नसकिएको सजिलो इन्टरप्राइजेजका सञ्चालक उषा पौडेलले बताए । एउटै ‘पीओएस’बाट ५०० देखि एक हजार ५०० सम्म सिमकार्ड माग आएको उनको भनाइ छ ।

Global Ime bank

सिमकार्ड विदेशमा बनेर आउने भएकाले कोरोना र बन्दाबन्दीका कारण समयमा आउन नसकेको बुझिएको छ । 

टेलिकम कार्यालय बागलुङका वरिष्ठ इञ्जीनियर केशव शर्माले बजारमा आउने सिमकार्डकाबारेमा आफूहरुलाई थाहा नहुने बताए । 

“हामीले कार्यालयबाट नियमित बेच्ने सिमकार्ड त छ”, उनले भने, “बजारमा अभाव भएका भए हामीले पनि बुझ्नुपर्छ, कोरोनाका कारण आउन ढिलो भएको पनि हुनसक्छ ।” - रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC