site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भरतपुरको चुनावले संकेत गरेको राजनीति 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी मेयरको उमेदवार  भएकै  कारण देशभर चर्चामा रहेको भरतपुर महानगरपालिकाको मतगणना हुँदैगर्दा मतपत्र च्यातिएपछि चुलिएको विवादले समग्र राजनीतिमै  प्रभाव जमाएको छ । कांग्रेस—माओवादी गठबन्धनकी उमेदवार रेणु दाहालभन्दा नेकपा (एमाले)का उमेदवार देवी ज्ञवाली ७३३ मत अगाडि भएका बेला मतपत्र च्यातिएको थियो । देवी ज्ञवाली ७३३ मतले अगाडि भए पनि जित्ने निश्चित भने थिएन ।

कांग्रेसको  प्रभाव क्षेत्र मानिने निर्णायक मत भएको २० वडाको मत नगनीकन गरिएको अनुमान अपरिक्व हुन्थ्यो । यसैबीच, एमालेले मतपत्र गणना जारी हुनुपर्ने माग राखेर सदनदेखि सडकसम्म  अवरुद्ध पारेर प्रदर्शन गरेको छ भने मतपत्र च्यातिएका कारण विवाद उत्पन्न भएको वडामा पुनः मतदानको माग नेपाली काँग्रेस र नेकपा (माओवादीकेन्द्र)ले राखेका छन् । यसैका लागि प्रतिपक्षले लागातार दुई दिन संसद अबरुद्ध गरेपछि प्रधानमन्त्री निर्वाचन कार्यक्रमसमेत  प्रभावित भएको छ ।  यसपछि राजनीतिको बजारमा र सामाजिक सञ्जालका भित्तामा अनेकौ रंगहरु पोतिएका छन् ।  ’मतगणना’ कि ’पुनःमतदान’ भन्ने टुङ्गो लगाउन  नसकेको निर्वाचन आयोग भने च्यातिएको मतपत्र गन्ने र प्रतिवेदन तयार गर्ने काममैै अल्झिएको छ ।

एकथरी कानुनका विद्यार्थी निर्वाचन आयोगसँग पुनः मतदान गराउने कानुनी  आधार भएको जिकिर गरिरहेका छन् भने एमालेका नेतागण मत नगनिए सडकबाटै आप्mनो उमेदवार जितेको घोषणा गर्ने चेतावनी दिँदै छन् । विसं २०५४ सालको स्थानीय चुनावमा बाग्लुङको अमलाचौर गाविसमा मतपत्र च्यातिएको यस्तै प्रकृतिको  घटनापछि पुनःमतदान गराइएको थियो तर भरतपुरमा भने मतगणना कि पुनःमतदान भन्ने अन्योल कायमै छ । 
नेपाली कांग्रेसको पकड र प्रभाव क्षेत्र मानिएको साविक चित्रवन  र नारायणी नगरपालिका समेटेर भरतपुर माहानगरपालिका बनाइएपछि महानगरपालिकामा कांग्रेस बलियो थियो । स्थानीय तहको निर्वाचन हुने पक्का भएपछि भरतपुरका कांग्रेस कार्यकर्ता र शुभेचछुकमा थापिएको असिम उत्साह पार्टी नेतृत्वले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपछि चक्नाचुर भयो । यसपछि कांग्रेस माओवादी गठबन्धनकी साझा उमेदवार बनिन् रेणु दाहाल ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो गठबन्धन अस्वाभाविक र अप्राकृतिक भन्दै चितवन कांग्रेस कार्यकर्ताले व्यापक विरोध गरे । विरोधको सबैभन्दा ठूलो प्रहार पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित थियो । फरक दर्शन बोकेका पार्टीहरुबीचको चुनावी तालमेल कांगेसका मतदातालाई पचेको थिएन । एकथरी भन्दै थिए यस्तो गठबन्धन बीपीको चिन्तन विपरीत छ । अर्काथरी भन्दै थिए द्वन्द्वकालका घटना कहाँ बिर्सिएका छौँ र ?  गठबन्धनको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले चितवनमा संयुक्त सभालाई सम्बोधन गरेर गठबन्धनको औचित्य पुष्टि गर्ने प्रयास गरे ।

तर, यो सभा गठबन्धनलाई बलियो बनाउन पर्याप्त भएन । गठबन्धन  नै गर्ने हो भने जिल्लाका सबै नगरपालिका र भरतपुर महानगरपालिकाका सबै वडामा होला भन्ने कांग्रेस कार्यकर्ताको अनुमान फेल खायो ।  अन्ततः गठबन्धन भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सीमित हुन पुग्यो । सम्भवतः यो नै मेयरकी उमेदवार रेणु दाहालले मत कम पाउने प्रमुख कारण बन्यो । भरतपुर महानगरपालिका का २९ वडामध्ये माओवादीको पूर्ण प्रभाव रहेको वडा थिएन नै भने हुन्छ ।

Global Ime bank

चुनावी नतिजामा माओवादीले जितेको भनिएका ३ वडामा माओवादी उमेदवार पूरैले जित्न नसक्नुले पनि यसलाई प्रमाणित गर्छ । वार्डमा तालमेल हुन नसकेपछि मेयर र उपमेयरमा मात्रै भएको तालमेललाई नेताको व्यक्तिगत लाभसँग समेत जोडेर हेरियो । वार्डमा प्रतिस्पर्धा गर्ने तर मेयरमा वार्डको प्रतिस्पर्धी पार्टीलाई भोट हाल्नुपर्ने बाध्यतामा थिए कांग्रेसका मतदाता । फलस्वरूप, कतिपयले मेयरमा मत खसाल्नुलाई उपयुक्त ठानेनन् । यहाँबाट पनि रेणु दाहालका लागि खतराको घन्टी सुरु भयो ।  

जम्मा २ लाख ८० हजार ५ सय २ जनसंख्या बोकेको भरतपुर महानगरपालिका मा १ लाख ५० हजार २ सय ७४  मतदाता रहेका छन् ।  यसमध्ये १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । यसबाट भरतपुरमा बस्ने नागरिके मताधिकारप्रति सजग देखिन्छन् । यीमध्ये सम्भवतः धरै मतदाता कांग्रेसकै थिए । तर, कांग्रेसका मतदाता चुनावी तालमेलप्रति संवेदनशील देखिएनन् । फलस्वरूप एमाले उमेदवारलाई अप्रत्यक्ष फाइदा पुग्यो ।

चितवन कांग्रेसका लागि एमाले बलियो हुनु लामो समयसम्मको चुनौती हो । चितवनमा कांग्रेस निर्णायक शक्ति थियो र स्थानीय जनताबीच छवि पनि उज्यालो थियो । झन्डै २० वर्षपछि भएको स्थानीय चुनावमा जनताले कांग्रेसप्रति ठूलो भरोसा र विश्वास रखेका थिए तर यसपटक चितवनमा कांग्रेसले त्यो जनविश्वास कायम राख्न सकेन । कांग्रेसको शक्ति अरुले उपयोग गरे र कांग्रेसको प्रभाव माओवादीको छायाँमा पर्यो ।  कांग्रेसको शक्ति भने पनि कमजोरी भने पनि आफ्नो रहेन । यसले पछिसम्म चितवन कांग्रेसलाई पिरोली रहनेछ । 
भरतपुर महानगरपालिका चुनाव जित्ने मेयरको लागि ठूलो अवसर हो ।  प्रशस्त सम्भावनाका बीच महानगर बनेको भरतपुर शैक्षिक र पर्यटकीय केन्द्र बन्न सक्छ र यहाँ भएका स्रोतलाई स्थानीय प्राथमिकतासँग मेल खाने गरी विनियोजन गर्नसक्ने हो र स्थानीय आवश्यकता अथवा अवस्था सुहाउदो निर्णय लिन सक्ने हो भने सफल मेयर बन्न गाह्रो छैन ।

महानगरपालिकाको मेयरकै प्रभावका कारण समग्र जिल्लाको राजनीति प्रभावित हुनसक्छ र मेयरको पार्टी अग्रपंक्तिमा आउन सक्छ । तर यसपटक कांग्रेसले त्यो अवसर गुमाएको छ । अब कांगेसका लागि  चितवनको इच्छाकामना गाउँपालिकाबाहेक अरु अाफ्नो रहेन ।  कांग्रेसका लागि भरतपुर महानगरपालिकामा एमालेको प्रभाव कमजोर पार्ने एकमात्र अस्त्र रेणु दाहालको जित थियो जुन कांग्रेसले मतदातालाई समयमै बुझाउन सकेन र कंग्रेसको मत नियन्त्रित र एकीकृत हुन सकेन ।

केही मात्रामा कांग्रेसका मतदाता छिन्नभिन्न भए । कांग्रेस समग्ररुपमा प्रभावित भयो र अनियन्त्रितजस्तो देखियो । अब खासगरी चितवनमा कांग्रेसले आफ्नो दर्शन र कार्यकर्ताको निष्ठा जोगाउन व्यापक लगानी गर्नुपर्ने हुनसक्छ । अब कांग्रेसका लागि आफ्नो संगठनात्मक छवि कायम राख्न यसको उचित व्यस्थापन अनिवार्य छ । 
भरतपुरमा च्यातिएको ९० वटा मतपत्रले नेपालको राजनीतिमा झन्झन् प्रभाव पार्दैगएको छ । मतपत्र च्यातिनु र त्यसपछि मत गन्ने कि पुनःमतदान गर्ने भन्ने विवाद चाडो टुंगिएन भने यसलाई रेणु दाहालको उमेदवारीसँग जोडेर हेर्नेहरुलाई बल पुग्ने छ । सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहालका लागि चितवन राजनीतिको ऊर्वरभूमि हुनसक्छ ।

शीर्ष नेताहरुले कुनै एक जिल्लालाई आआप्mनो पकड क्षेत्र बनाउँदैआएको नेपालको राजनीतिमा दाहालको छनोटमा चितवन परेको हुनसक्छ । अब संघीय संसद्का लागि दाहालको उमेदवारी चितवनबाट हुने अनुमान गर्न सकिन्छ । रेणुको उमेदवारी र जितहारले चितवनमा माओवादीको सांगठनिक क्षमता र समर्थकको आकलन हुनेछ त्यसबाट दाहालले चितवनलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आउन सक्छ । 
नेपाली कांग्रेसले पहिलोपटक कुनै कम्युनिस्ट पार्टीको उमेदवारलाई भोट हाल्न कार्यकर्तालाई आह्वान गरेको थियो — त्यो  पनि माओवादीलाई ।  यसले कांग्रेसका कार्यकर्ता र शुभचिन्तकको विचारमा कांग्रेसप्रतिको निष्ठा खल्बलिन्छ कि भन्ने जोखिम देखिएको थियो । प्रथम चरणको चुनावी नतिजाले कंग्रेसको नेतृत्वले सुरक्षित अवतरण गर्न नसकेको  देखाएको छ ।  यस्तो चुनावी तालमेलले कांग्रेसलाई कहीँ कतै पनि फाइदा पुगेन । विपरीत सिद्धान्त र दर्शन बोकेका पार्टीहरुको चुनावी तालमेल मिलेर सरकार बनाएजस्तो सहज हुँदो रहेनछ । नेपाली कांग्रेसका लागि प्रथम चरणको निर्वाचन नतिजाले दोस्रो चरणमा तालमेल रणनीतिमा पुनरावलोकन गर्नैपर्ने संकेत दिएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC