site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
बाढीपहिरो पीडितको बिचल्ली नहोस् !  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बाढी पहिरोको बढ्दो प्रकोपले हामीले अपनाएको विकास र सामाजिक सुरक्षा प्रणालीमा गम्भीर त्रुटि रहेको पुष्टि हुन्छ । मनसुनबाहेकै पनि बर्सेनि ठूलो वर्षा भयो भने बाढी, पहिरो र डुबानको समस्या उत्पन्न हुने गरेको छ । वर्षा यामको त कुरै भएन । कतै न कतै दुःखद घटना भइहाल्छ । यस वर्ष पनि असारको अन्तिम साता लाग्दा नलाग्दै बाढी र पहिरोबाट आठ जिल्लाका २३ जनाको मृत्यु भएको ३६ जना बेपत्ता तथा २६ जना घाइते भएको सरकारी तथ्यांक छ । यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले बाढीपहिरो पीडितको उद्धार, आकस्मिक सहायता र पुनःस्थापना तत्काल सुरु गर्ने निर्णय गरेको सार्वजनिक भएको छ ।

प्राकृतिक प्रकोपपछि सरकारले सधैँ नै तत्काल उद्धार, आकस्मिक सहायता तथा पुनःस्थापना गर्ने निर्णय गर्दै आएको छ । तर, उद्धारको चरण सकिएपछि सरकारी सक्रियता बिस्तारै शिथिल हुँदै जान्छ र पुनःस्थापनासम्म बिरलै पुग्छ । यसैगरी विपत्तिको कारण पहिल्याएर दीर्घकालीन समाधान खोज्ने काम त झन् हुँदै नभए बराबर हुन्छ । फलस्वरूप, कतिपय स्थानमा त बर्सेनि एउटै खोलाले त्यही ठाउँमा क्षति गरिरहेको हुन्छ । भारतले एकतर्फीरूपमा सीमावर्ती क्षेत्रमा बनाएका बाँध, सडक, तटबन्द र नहरका कारण हजारौँ बिघा जमिन र लाखौं नेपाली नागरिक डुबानमा पर्ने समस्या त अब नियतिजस्तै भइसक्यो । तर, राज्यले भने पटके सहयोग गर्नुबाहेक अरू दीर्घकालीन उपाय अपनाउने गरेको देखिँदैन । यदाकदा थप केही गरिहालेमा पनि त्योसमेत धेरैजसो अर्को वर्षको विपत्तिको कारण बन्न पुग्छ । 

मूलतः खहरे खोलामा तटबन्ध गर्ने, कमला पहाडहरूमा डोजर लगाउने, भारतीय ज्यादती र केही हदसम्म जलवायु परिवर्तनका कारण हुने अनपेक्षित अतिवृष्टिबाट नेपालले बर्सेनि दुःखद प्राकृतिक विपत्ति भोग्नुपरेको हो । नेपालको भूबनोट र जमिनको प्रकृतिविपरीत विकासका नाममा गरिने भौतिक निर्माणले क्षति गरेको भने सरकारले कहिल्यै बुझ्न चाहेन । सम्भवतः नेपालकै माटो सुहाउँदो विकासको कल्पनासम्म पनि शासकहरूले कहिल्यै गरेनन् । सरकारले प्रकृतिको वरदानलाई सुमर्न नजानेर विपत्तिमा परिणत गरायो । यसलाई रोक्न आवश्यक संकल्प, दृष्टिकोण र क्षमता अहिले राजनीति वा प्रशासनिक नेतृत्वमा देखिँदैन । यसैले सरकारले पीडितहरूको उद्धार र पुनःस्थापनाको निर्णय कार्यान्वयनमा इमानदारी देखाओस् । उद्धार र आकस्मिक सहायताको चरणमा क्रमशः सुरक्षाकर्मी र सामाजिक संस्थाहरूको परिचालन बढी प्रभावकारी हुन्छ । पुनः स्थापनाका लागि विकास साझेदारहरू, संघ र प्रदेश सरकारले     स्थानीय निकायलाई सघाउँदा प्रभावकारी कार्य हुनसक्छ । पीडितहरूको भौतिकका साथै आर्थिक र सामाजिकरूपमा पनि पुनःस्थापित हुनेगरी  पुनःस्थापना योजना बनाउनु पर्छ र त्यसको मूल सरोकारवाला पीडितहरू नै हुन् भन्ने हेक्का रहोस् । साथै, पीडितहरूको सम्पर्कमा धेरै जना पुग्दा कोभिड—१९ को संक्रमण नहोस् भन्नेमा यस वर्ष विशेष चनाखो हुनुपर्ने देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC