site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका परिचालन
Sarbottam CementSarbottam Cement

झापा । मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरका १५ वटा वडामा दुई हजार ७६४ बालबालिकाले आर्थिक वर्ष २०७६/७७ मा ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउनुपर्नेमा ४१ जना छुटेको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले बताए । 

“एक जना पनि खोप लगाउनबाट बञ्चित हुनुनपरोस् भनेर हामीले खोप नलगाएका बालवालिका खोज्न स्वयंसेविका र भ्याक्सिनेटरहरुलाई परिचालन गरेका छौँ”, यादवले भने, “उहाँहरुले घरघरै पुगेर छुटेकाहरुको खोजी गर्नुहुनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई दादुरा, जापानी इन्सेफ्लाइटिसलगायत ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउने व्यवस्था गरेको छ । तर कोभिड–१९ को महामारी र अभिभावकले बिर्सने गरेका कारण कतिपय बालबालिका पूर्ण खोपबाट बञ्चित हुने गरेको यादवको भनाइ छ । नगरपालिकाले खोप लगाउन छुटेका २३ महिनासम्मका बालबालिकाको खोजी गर्ने भएको हो ।

नगरपालिकाले खोप नलगाएका बालबालिका खोज्नका लागि ९५ स्वास्थ्य स्वयंसेविका र १२ भ्याक्सिनेटरलाई परिचालन गरेको नगरका स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिइन् । मेचीनगर नगरपालिकालाई विसं २०७५ असार ७ गते विधिवतरूपमा पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको थियो । नगरमा छ सरकारी स्वास्थ्य उपचार केन्द्र र एउटा सामुदायिक अस्पताल सञ्चालनमा छन् । हरेक महिनाको ३, ४, ५ र ६ गते बिदाको दिनसमेत खोप अभियान सञ्चालन हुँदै आएको छ । स्वास्थ्य शाखा प्रमुख राईले यही साउनदेखि बालबालिकालाई रोटा खोपसमेत लगाउन शुरु गरिने बताइन् । झाडापखाला लागेको भनी उपचारका लागि आउने बालबालिकामा रोटा भाइरसको सङ्क्रमण पाइने गरेको छ । सरकारले साउनदेखि पहिलोपल्ट नेपालमा रोटा भाइरसविरुद्ध रोटा खोप लगाउने निर्णय गरेको हो । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC