site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
स्व. गायक वासुदेब मुनालको जन्मजयन्तीमा बालबालिकालाई सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । चर्चित रेडियोकर्मी तथा लोक गायक स्व. बासुदेव मुनालको ७१ औं जन्मजयन्तीको अवसरमा बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । 

मुनालको स्मृतिमा गठित बासुदेव कोइराला मुनाल स्मृती फाउण्डेशनले काठमाडौं र ललितपुर आश्रममा रहेका ३७ जना बालबालिकालाई एक महिना पुग्ने खाद्यान्न वितरण गरिएको स्व. मुनालका छोरा मोहित मुनालले बताए । काठमाडौंको कीर्तिपुरस्थित बेबी लाईफ होममा रहेका २७ जना र ललितपुरको कुसुन्तीस्थित नेपाल स्नेही काखका बालबालिकालाई सहयोग प्रदान गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बेबी लाईफ होममा २७ जना एचआईभी पोजेटिभ रहेका बालबालिकाले संरक्षण पाइरहेका छन् । बेबी लाइफ होमले सफलता एचआईभी शिक्षा सदन नामको विद्यालय समेत संचालन गरेको छ । 


स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका ईच्छा बासुदेव कोइराला मुनाल स्मृती फाउन्डेशनबाट पूरा गर्ने बताए । उनले भने, बुबाले धेरै सपनाहरु देख्नु भएको थियो । बुवाको सपना मध्यको एक बालबालिकाको सेवा पनि हो । 

Global Ime bank

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो । उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनी मष्तिकघात र घाँटीको क्यान्सरबाट पीडित थिए । 

जीवनका तीन दशक रेडियो नेपालको एउटै बाल कार्यक्रम संचालन गरेका मुनालले झम झम ईष्टकोट..., लालुपाते फुलेर लाल भयो..., पानी खाने निहुले तिम्रो घरमा आउँला..., बासुरीको धुनमा मादलुको तालमा ... जस्ता दर्जनौं लोक गीतहरु, सय भन्दा बढि बाल गीतहरु, दर्जनौं बाल साहित्य कृतिहरु प्रकाशित छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC