site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रजनन केन्द्रमा २२४ गोहीका बच्चा कोरलिए
Sarbottam CementSarbottam Cement

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २२४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा सङ्कलन गरिएका अण्डाबाट ती बच्चा कोरलिएका हुन् । 

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीका पाँच र नारायणीका चार वटा गुँडबाट ३३६ अण्डा सङ्कलन गरिएको थियो । अण्डा कोरल्नका लागि राखिएको ७० देखि ८० दिनमा बच्चा कोरलिने गर्दछ ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको वैशाखमा ती अण्डा सङ्कलन गरेर प्रजनन केन्द्र परिसरमा राखिएको थियो । यस वर्ष अत्यधिक वर्षा भएका कारण प्लाष्टिकले ढाकेर अण्डा राखिएको थियो ।

निकुञ्जले राप्तीमा आठ र नारायणीमा पाँचवटा गुँड नदीमा छाडेको थियो । खड्काका अनुसार राप्तीमा ती गुँडबाट १३० बच्चा कोरलिएका छन् । नारायणीका सबै गुँडमा बच्चा निस्कने बेलामा भल गुँडमा पसेपछि सबै अण्डा क्षति भएको उनको भनाइ छ । यस वर्ष मौसम बच्चा कोरल्नका लागि उपयुक्त नभएको खड्काले बताए । घाम र ताप आवश्यक हुने भए पनि वैशाखयता नियमित वर्षा भएकाले बच्चा कोरल्नका लागि उपयुक्त वातावरण नबनेको हो । 
   
हालसम्म एक हजार ५१५ गोही हुर्काएर विभिन्न नदीमा छाडिसकिएको छ ।  यस वर्ष राप्ती नदीमा ५० गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट १०० गोही छाडिएको थियो । 

Global Ime bank

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर हरेक वर्ष नदीमा छाड्ने गरिएको छ । नदीमा छाडिएकामध्ये राप्तीमा मात्र ८३५ गोही छाडिएको उनले जानकारी दिए ।  
 
निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । 
 
सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । तीनै गोहीलाई हुर्काएर नदीमा छोडिन्छ । पाँचदेखि छ वर्षसम्मका गोही नदीमा छाड्ने गरिन्छ । 

हाल प्रजनन केन्द्रमा माउ र बच्चा गरेर ५०० हाराहारी रहेको खड्काको भनाइ छ । प्रजनन केन्द्रमा रहेका गोहीले पारेका अण्डा भाले नलागेकाले बच्चा कोरलिएका छैनन् । केन्द्रमा एउटा मात्र भाले रहेको र त्यसमा प्रजनन क्षमता कमजोर भएको अनुमान गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC