site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सदस्यसचिवका लागि दरखास्त आह्वान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै सदस्यसचिव बन्नका लागि सात दिनभित्र कार्ययोजनासहित दरखास्त पेश गर्न आग्रह गरेको छ । सदस्यसचिवका लागि नेपाली नागरिकताको प्रतिलिपि, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्द्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि र खेलकूद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको प्रतिलिपि पेश गर्न मन्त्रालयले सूचना जारी गरेको छ । तोकिएको समयभित्र प्राप्त भएका कार्ययोजनालाई सिफारिस समितिले अध्ययन गरी थप स्पष्ट हुन चाहेमा बैठकमा बोलाएर छलफल गर्नेछ । कार्ययोजना अध्ययनपछि समितिले कार्ययोजनाको आधारमा कम्तीमा एक महिलासहित तीन जनाको नाम बैठकबाट निर्णय गरी मन्त्रालयमा पठाउने छ । नयाँ खेलकूद विकास ऐन, २०७७  यही असार ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि नयाँ सदस्यसचिव नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो । 
 
नयाँ सदस्यसचिव छान्न युवा तथा खेलकूद मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिको संयोजकमा मन्त्रालयका सचिव थपिलया तथा सदस्यमा रिम रानाभाट र इन्दिरा निरौला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा मानबहादुर विकेका अनुसार उक्त समितिले सदस्यसचिवका लागि एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । सिफारिस गरिएका नाममध्ये एक जनालाई मन्त्रिपरिषद्ले सदस्यसचिवमा नियुक्त गर्ने प्रावधान छ ।

नयाँ खेलकद ऐन लागू भएपछि राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललगायत पदाधिकारी पदमुक्त भएका थिए । मन्त्रालयले मन्त्रालयकै खेलकूद विभाग महाशाखाका प्रमुखसमेत रहनुभएका भक्तराज ढकाललाई कार्यबाहक सदस्यसचिवको जिम्मेवारी सुम्पेको छ । राखेपमा खुला आह्वानबाट सदस्यसचिव नियुक्त हुन लागेको यो पहिलोपटक हो । यसअघि युवा तथा खेलकूदमन्त्रीले नै सदस्यसचिव नियुक्त गर्ने चलन थियो ।  रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC