site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१४ अन्तर्राष्ट्रिय उडान : एक हजार ६ सय नेपाली स्वदेश फर्किए 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ६११ नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालम्पुरबाट १५४, दोहाबाट १४९ र रियादबाट २४७ यात्रु काठमाडौँ ल्याएको छ । दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । हिमालय एयरलाइन्सले दमामबाट १५४, कुवेतबाट १५१ र क्वालालम्पुरबाट १७० नेपाली ल्याएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै एयर अरेबियाले सारजाहाबाट १६७, सलाम एयरले मस्कटबाट १७९ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७० यात्रु काठमाडौँ ल्याएको छ । 

थप नेपाली लिन आजै नेपाल एयरलाइन्स जेजाह र दुबई प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम र आबुधाबी उडेको छ । आजै कोरियन एयरलाइन्सले २०५ यात्रु र एक बच्चा लिएर सिओल उडेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

Global Ime bank

शनिबार पनि विभिन्न मुलुकबाट १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । नेपाल एयरलाइन्सले जापानका नारितामा चार्टर्ड उडान गर्दै छ । सोही एयरलाइन्सले बहराइन, जेदाह र दुबई उडान गर्नेछ । हिमालय एयरलाइन्स चीनको कुन्मीङ र दमाम उडान गर्ने विमानस्थलले तालिका सार्वजनिक गरेको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २७, २०७७  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC