अर्थ व्यवसाय
काठमाडौं । डिसहोमले सञ्चालन गरेको ‘डिलर दाइको डिस्काउन्ट अफर’ लाई निरन्तरता दिने भएको छ । कम्पनीले सफलता र ग्राहकको मागलाई ध्यानमा राखेर यो अफरलाई निरन्तरता दिने भएको छ ।
गत फागुन २ गते देखि सुरु भएको अफर ४४ हप्ताका लागि सञ्चालन हुने भनिएको भए पनि जारी राखिएको हो ।
योजनाअनुसार डिसहोमको बिक्रेता वा नजिकैको डिलरमार्फत् फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकले लक्की ड्रमार्फत् १ लाख रुपैयाँ जित्न सक्थे । प्रत्येक साता २ जनालाई विजेता घोषण गर्ने गरिएको थियो ।
ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अबदेखि अनलाइनमार्फत् ५ हजार रुपैयाँ वा सो भन्दा बढी रिचार्ज गर्ने ग्राहक पनि यो लक्की ड्रमा सहभागी हुनेछन् ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७ १८:४६
प्रतिक्रिया दिनुहोस्