site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रियललाई उपाधि होडमा बलियो बन्ने मौका
Ghorahi CementGhorahi Cement

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति विभिन्न दुई खेल हुँदैछन् । खेलमा शीर्ष स्थानको रियल मड्रिडले १७ औँ स्थानको आलाभेससँग प्रतिस्पर्धा गर्दैछ । रियलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै ला लिगाको उपाधि होडमा आफूलाई बलियो बनाउने मौका रियललाई छ । लिगमा ३४ खेल खेलेको रियल ७७ अंकसहित शीर्ष स्थानमा छ । एक खेल धेरै खेलेको बार्सिलोना ७६ अंकसहित दोस्रो स्थानमा छ ।

Agni Group

यो सिजन सुरुआती समयमा खराब प्रदर्शन गरेको रियल पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । लकडाउनपछि भएका सबै खेलमा रियलले जित निकाल्न सफल भएको छ । आजको खेलमा जित निकालेमा रियलले चार अंकको अग्रता पाउनेछ ।

यता आलाभेस रियललाई हराउँदै रेलिगेसन जोनमा पर्नबाट आफूलाई जोगाउने योजनामा छ । आज नै हुने अर्को खेलमा ग्रानाडाले रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति ११:१५ मा सुरु हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC