site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनको पासोमा चितुवा

विश्वमा४१ *** प्रजातिका बिराला छन् । यिनीहरुलाई ‘फेलिड’ परिवारमा राखिएको छ । नेपालमा लगभग २०८ प्रजातिका स्तनधारी प्राणी छन् । यीमध्ये १२ किसिमका त बिराला प्रजाति नै छन् । यी प्रजाति तराई, पहाडदेखि हिमालसम्म फैलिएका छन् । यीमध्ये चितुवाको भिन्न विशेषता भएकाले पारिस्थितिकी प्रणालीमा आफ्नै किसिमको महत्त्व हुन्छ । तराई, पहाडदेखि तल्लो हिमाली भेगसम्म चितुवा पाइन्छ । तर, यी अनेकौं पर्यावरणीय फाइदा रहेका प्रजातिको अहिले ह्रास हुँदै गएको छ । चोरी सिकार बढ्नु, वासस्थान घट्नु र प्रजाति विशेषका बारे ज्ञान नहुनु नै यसको प्रमुख कारण हुन् । 

अहिले पनि मध्यपहाडी भेगमा बाघ भनेर चिनिने यो अति संकटमा परेको प्रजाति हो । वन, घाँसे मैदान, झाडी र चट्टान भएको क्षेत्रमा बाघ पाइन्छ । यस प्रजातिको मुख्य आहारा भने सानो र मध्यम आकारका मृग प्रजातिहरु, जंगली बँदेलआदि हुन् । चितुवा र बाघ एउटै परिवारका भए पनि यिनीहरुबीच धेरै फरक हुन्छ । 

कोभिड–१९को महामारीसँगै वन्यजन्तु संरक्षण निकै चुनौतीपूर्ण हुनपुगेको छ । संरक्षित क्षेत्रभित्र होस् या बाहिर दिनहुँ वन्यजन्तुसम्बन्धी कुनै न कुनै घटना समाजिक सञ्जालमार्फत बाहिर आइरहेकोे छ । सञ्चार माध्यममा आएको खबरकै आधारमा पनि बन्दाबन्दीको समयमा गोर्खामा चार वटा, काठमाडौं, अर्घाखाँची, पर्वत, तनहुँ र दैलेखमा एक एक गरी आधा दर्जनभन्दा बढी चितुवा विभिन्न कारणले मरेका छन् । त्यसैगरी काठमाण्डौंको कीर्तिपुर, चितवन, म्याग्दी, पर्वत, पाल्पा र बैतडी गरी छवटाको उद्धार भएको छ । केही घटनामा मानिसहरु घाइते भएसँगै चितुवा मारिएका वा घाइते पारिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चितुवा र मानव द्वन्द्व चर्किनुमा विभिन्न कारण देखिन्छन् । चितुवाको मुख्य वासस्थान क्षेत्र घट्नु, आहारा प्रजाति घट्नु, मानव वस्ती घना हुनु, जनचेतनाको अभाव हुनु, र स्रोत तथा साधन सीमित हुनु यसका प्रमुख कारण हुन् । तर, पहाडी बस्तीहरुका हकमा भने सामुदायिक वनको सफलतासँगै वैदेशिक रोजगारीका कारण घट्दो खेतीपातीले चितुवाको वासस्थान र संख्या दुवै बढेको हुनसक्छ । सोही अनुपातमा आहारा प्रजाति नबढेका कारण घरपालुवा जनावरको खोजी गर्दै चितुवा बस्तीतिर छिर्दा मानिसमाथि आक्रमण बढेको हुनसक्छ । साथै, भूकम्पका कारण भत्किएका वा बसोवास नभएका घर गोठहरुलाई चितुवाले आश्रयस्थल बनाएको पनि हुनसक्छ ।

 

Global Ime bank

 

कुनै खास किसिमको रोगव्याधि लागेर चितुवा बस्तीतिर बढी आउने गरेको भन्नेलाई पनि अनुसन्धानको विषयका रुपमा लिन सकिन्छ । 

नेपालको तराई भूभागमा पाइने बाघ, गैँडा र हात्तीजस्ता जनावर बस्ने जंगलको संरक्षणका लागि पनि पहाडमा बस्ने चितुवा संरक्षण जरुरी छ । तराईमा बग्ने सबै ठूला नदी हिमालबाट उत्पत्ति भई पहाड हुँदै वा कतिपय त पहाडबाटै उत्पत्ति भएर तराईतीर बग्छन् । सो नदीको मुहान सुक्न नदिन र अनवरतरुपमा बग्नका निम्ति चितुवाको मुख्य भूमिका रहेको पहाडको पारिस्थितिकी प्रणालीको संरक्षण जरुरी हुन्छ । पहाडमा चितुवा लोप हुँदा खतरा भने तराईमा विचरण गर्ने गैँडा, बाघसम्मलाई हुन्छ । 

प्रकृतिको सुन्दर उपहारसँग मानवको असमझदारी बढ्नु दुर्भाग्य हो । यसका लागि उत्तर पनि मानवबाटै पहिल्याउन जरुरी छ । हाम्रो संरक्षणको इतिहास धेरै लामो छैन । तथापि यसको यात्रा अद्भूत रहेको छ । हाम्रो देशको राजनीतिक, सामाजिक र अर्थव्यवस्थासँगै हाम्रो संरक्षण प्रणाली फेरिएको छ । कुनै बेला कठोर र कडा नियमलाई अँगालेर राज्यको प्रत्यक्ष निगरानीमा सुरु भएको हाम्रो संरक्षण कार्य अहिले समुदायसँग निकट हातेमालोे गरेर बढेको छ । यसरी संरक्षण हुँदै आएको प्राकृतिक स्रोतअन्तर्गत रहेको वन्यजन्तु संरक्षणमा भने अहिलेको अवस्थामा विशेष ध्यान दिनु आवश्यक देखिन्छ । 

चितुवा संरक्षण समस्याको प्रतिनिधि उदाहरण हो । यसबाहेक अरू कैयौं प्रजातिको व्यवस्थापनमा हामीले विशेष जोड दिन जरुरी छ । यसको लागि एउटै संस्था काफी छ भन्नु गलत हुन्छ । सरकारी, गैरसरकारी, समुदायमा आधारित संघ/संस्था, नागरिक समाज वा एकल व्यक्ति नै किन नहुन् विभिन्न सरोकारवाला संस्थाहरु सबैको संयुक्त प्रयास नै यसको प्रमुख आधार हो । यी सरोकारवालाहरुको पहिलो कदम भने जनचेतना नै हुनुपर्छ । हाम्रो समाजसँग जोडिएको सबै क्षेत्रलाई चितुवासँगै अन्य जनावरसम्बन्धी जानकार  बनाउन जरुरी छ । 

दोस्रो, हाम्रो भूउपयोग प्रणाली हो । पहाडी क्षेत्रमा बस्तीहरु छरिएर रहेका छन् । यसले गर्दा वनहरु खण्डीकरण भई जनावरसँगको भौतिक दूरी कम भएको छ । त्यसमाथि हाम्रो हालको विकास प्रणालीले यसलाई थप बढाएको पाइन्छ । तसर्थ, कुनै पनि विकास कार्य गर्नुपूर्व वन, भूसंरक्षण, जलाधार र बस्तीलाई योजनाबद्ध ढंगले अगाडि बढाउने एकीकृत योजनालाई प्रभावकारी कार्यान्वयन गर्न अत्यावश्यक छ । 

तेस्रो, चितुवा उद्धारका लागि जिल्लास्तरीय समन्वय बढाउनु हो । कहाँ र कसरी उद्धार गर्ने भन्ने विषयमा उद्धारमा खटिने सरोकारवालाहरुलाई तालिम र ज्ञान दिनु आवश्यक हुन्छ । अहिले गरेको उद्धारको विधि हेर्दा सयौं मानिस ठूलै सर्कसमा सहभागी भएर तमासा हेरेझैँ देखिन्छ । यस्तो किसिमको उद्धार क्षणिक हुन्छ र यसले चितुवालाई उद्धार होइन थप तनाव र डर दिन्छ । फलस्वरूप, चितुवा केही समयपछि नै मर्ने गर्छ । यसो हुन नदिन उद्धारमा खटिनेहरु संयम र सावधानी अपनाउनु पर्छ । भिडलाई टाडै राख्नुपर्छ । यद्यपि यो निकै जटिल र कठिन कार्य हो । भिडलाई चितुवाको नजिक आउन नदिन उद्धारकर्ताबीच समन्वय र सहकार्य अमूल्य रहन्छ ।

घटना भएको स्थानका जनताले पनि चितुवा जंगली प्राणी हो र यसले कुनै पनि बेला आक्रमण गर्न सक्छ भन्ने हेक्का राख्न आवश्यक छ । चर्को हल्ला र भिड भए यो प्राणी आत्तिएर झनै आक्रमक हुनेगर्छ । 

साथै, यो प्राणी मानव स्वास्थ्यलाई हानीकारक विभिन्न परजीवीको आश्रयस्थल रुपमा रहेको हुन्छ । यसकारण, चितुवा उद्धारमा खटिने उद्धारकर्तालाई स्नेह र हौसला दिँदै उनीहरुले आग्रह गरेका कुरा मान्नु नै बुद्धिमानी हुनेछ । 

नेपालको पहाडी भेगमा तराईको अनुपातमा संरक्षित क्षेत्र धेरै कम छ । तसर्थ, चितुवा संरक्षणको सफलताले हाम्रो संरक्षित क्षेत्रबाहिरको वन्यजन्तु संरक्षणको सफलता मापन गर्ने हुनाले विशेष ध्यान दिन जरुरी छ । चितुवालाई समस्याभन्दा पनि सम्भावनाको रुपमा हेरेर सबै सरोकारवालाले चितुवालाई प्राथमिकतामा राखी सरकारको नेतृत्वमा समुदायसँग सहकार्य गर्न जरुरी छ । चितुवाजस्तो प्राणी जीवित रहे न जंगली अवस्थामै हामी र हाम्रा सन्तानले यसको फोटो र सेल्फी लिन पाउँला ।  लोपै भए त एकादेशको राजा भन्दै किताब पल्टाउँदै हेर्ने दिन आउन सक्छ । 

चितुवा एउटा प्रतिनिधिपात्र मात्रै हो । वनका धेरै प्रजातिहरु अहिले पनि मानवको अल्पज्ञानका कारण जोखिमा छन् । यी प्रजाति र यीनका वासस्थानको संरक्षण र संवर्धन गर्नु चेतनशील प्राणी भनिने मानव जातिको दायित्व हो । 

पाठक, सहायक संरक्षण अधिकृत, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, 

पौडेल, संयुक्त राज्य अमेरिकाको कोर्नेल विश्वविद्यालयमा विद्यावारिधि शोधार्थी । 

** लेखकको अनुरोधमा सच्याइएको

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC