site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
६ रुपैयाँमा अभिनय यात्रा...
Sarbottam CementSarbottam Cement


काठमाडौं । बलिउडका प्रसिद्ध हास्य कलाकार जगदीपको ८१ वर्षमा बुधबार निधन भएको छ । क्यान्सरलगायत धेरै रोगसँग लडिरहेका उनको राति साढे ८ बजे मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा निधन भएको हो ।

उनको अन्तिम संस्कारमा हास्यकलाकार जोनी लिभर पनि श्रद्धाञ्जलि दिन उपस्थित थिए । चार सयभन्दा बढी चलचित्रमा काम गरेका जगदीपले ब्लकबस्टर चलचित्र ‘शोले’ मा निभाएको भूमिका ‘सुरमा भोपाली’ निकै चर्चित छ ।
०००
सन् १९३९ मा आमा कनिज हैदरको कोखबाट जन्मिएका उनको पारिवारिक नाम भने सैयद इस्तियाक अहमद जाफरी थियो । मध्य प्रदेश दतिया निवासी उनी अभिनय यात्राकै लागि मुम्बई आएका थिए । मुम्बईले उनलाई जगदीपका नामले चिन्यो । उनकी तीन पत्नी नसिम, सुघ्रा र नजिमाबाट ६ सन्तान छन् ।

अभिनय यात्रा
उनले बीआर चोपडाको चलचित्र ‘अफसाना’ (१९५१) बाट बालकलाकारका रूपमा अभिनय आरम्भ गरेका थिए । सडकमा बसिरहेको बालकलाई ३ रुपैयाँ पारिश्रमिकमा काम गर्न मनाए पनि उनको अभिनय र संवादले सबैलाई मोहित बनायो । पारिश्रमिक दोब्बर बनाइयो, उनले ६ रुपैयाँ पाए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यो समयमा उनी करिब ६, ७ वर्षका थिए । ५ वर्षको उमेरमै पिता गुमाएका उनलाई आमाले निकै दुःख गरेर हुर्काएकी थिइन् । बुबा बितेपछि आमालाई आर्थिक सहयोग गर्ने सोचमा ६, ७ वर्षको उमेरमै जगदीपले काम खोज्ने थाले ।
अन्ततः उनलाई अभिनय क्षेत्रमै करियर बनाउने मौका मिल्यो ।

पहिलो चलचित्रपछि उनले पछि फर्केर हेर्नुपरेन । एकपछि अर्को गर्दै बालकलाकारको भूमिका उनले पाउँदै गए । सन् १९५७ मा रिलिज भएको चलचित्र ‘हम पन्छी एक डाल के’ मा उनले गरेको अभिनय जीवनको टर्निङ प्वाइन्ट बन्यो । बालकलाकारका रूपमा उनले गरेको अभिनयले थुप्रै प्रशंसासँगै पण्डित जवाहरलाल नेहरुले उनको पर्सनल स्टाफ जगदीपलाई पुरस्कार स्वरूप दिए । 

Global Ime bank

हास्य कलाकारका रूपमा अभिनय यात्रा
उनले हास्य कलाकारका रूपमा डेब्यु गरेको चलचित्र हो विमल रोयको ‘दो बिघा जमिन’ । त्यसपश्चात् उनी ‘तीन बुहारिया’, ‘जिने कि राह’, ‘दर्पण’, ‘गोरा और काला’, ‘आँख मिचोली’, ‘इनसानियत’, ‘जग्गु’, ‘चला मुरारी हिरो बन्ने’ लगायत थुप्रै चलचित्रमा एकपछि अर्को अभिनय गर्दै गए ।

यीबाहेक उनले मुख्य भूमिका निभाएका चलचित्रहरू, भाभी, नन्दा र बर्खा हुन् । दर्शकलाई हँसाउन सक्ने क्षमताकै कारण उनी हरेक कमेडी चलचित्रमा अपरिहार्य पात्र बनेका थिए । हास्यव्यंग्यका साथै उनी एक राम्रो गायन क्षमता भएका व्यक्ति पनि थिए । यद्यपि उनको यस प्रतिभाको प्रयोग भएन र उनी बलिउडका शीर्ष हास्य कलाकारका रूपमा आफ्नो स्थान बनाउन सफल रहे । 

सुरमा भोपालीसहित उनका चर्चित पात्रहरू
अभिनेता जगदीपको बारेमा सोच्दा सबैभन्दा पहिलो दिमागमा आउने ‘सुरमा भोपाली’ हो ।  १९७५ मा रिलिज चलचित्र ‘सोले’ मा ‘सुरमा भोपाली’ को भूमिका यति लोकप्रिय बन्यो, उनी जगदीपभन्दा पनि उनी ‘सुरमा भोपाली’ नामबाट चिनिन थाले । 

‘सोले’ मा उनको एक संवाद “मेरा नाम सुरमा भोपाली ऐसा ही नहीं है” दर्शकले अझै सम्झिरहेका छन् ।

बलिउड हास्यकलाकार जगदीपको निधन

चलचित्रको लोकप्रिय सिन जसमा उनले वीरु र जयलाई लठ्ठीले कुटेर माफी माग्न लगाएको भन्दै केही व्यक्तिलाई झुटो बोल्दै गर्दा वीरु र जयले उसको झुट समात्दाको त्यो दृष्यले सुरमा भोपालीलाई अविस्मरणीय बनायो ।
उक्त दृष्यमा उनको पहिरन, हाउभाउ र अभिनय हेर्दा दर्शकले हाँसो रोक्न पक्कै सक्दैनन् । 
०००
सोलेको भोपालीका साथै उनको अभिनय क्षमताले दर्शकको मन जित्न सफल केही अविस्मरणीय भूमिकामध्ये, विमल रोयको चलचित्र ‘दो बिघा जमिन’ र गुरु दत्तको ‘आर पार’ र ‘हम पन्छी एक दाल के’ का छन् । चाहे चलचित्र ‘सिक्वा’ का एक जवान दिलीप कुमार होस्, चाहे ‘एक मासुम’, ‘मन्दिर-मस्जिद’ को नकारात्मक पात्र होस् उनी उत्तिकै सहज ढंगले अभिनय गर्थे ।

उनको अन्तिम महत्त्वपूर्ण भूमिका भएको चलचित्र राजकुमार सन्तोषीको १९९४ मा रिलिज ‘अन्दाज अपना अपना’ हो । यसमा उनले बान्केलाल बनेर सलमान खानको बुबाको भूमिका निभाएका थिए । उनको सरल स्वभाव र हरेक पात्रलाई न्यायपूर्ण हिसाबले गर्ने अभिनयकै कारण उनी लामो समय बलिउडको कला क्षेत्रमा राज गर्न सफल पनि भए ।

अभिनय हुँदै चलचित्र निर्माण
जगदीपको सबैभन्दा प्रख्यात पात्र सुरमा भोपालीले उनलाई सोही नामको चलचित्र निर्माण गर्न प्रेरित गर्‍यो । उनले सन् १९८८ मा चलचित्र ‘सुरमा भोपाली’ बनाए जुन एक शुद्ध मनोरञ्जनात्मक चलचित्र बन्यो । 
००० 
करिब ४ दशक बलिउडमा बिताएका जगदीपले ‘लैला मजनु’, ‘खिलौना’, ‘आइना’, ‘फिर वही रात’, ‘सुरक्षा’, ‘पुराना मन्दिर’, ‘शहंशाह’, ‘चाइना गेट’, ‘अन्दाज अपना अपना’, ‘बम्बे टू गोवा’, ‘कहीं प्यार ना हो जाए’ लगायत चर्चित चलचित्रमा काम गरेका छन् । उनको निधनको खबरसँगै सामाजिक सञ्जालमा थुप्रै बलिउडकर्मीले श्रद्धाञ्जलि दिइरहेका छन् । (एजेन्सीहरूको सहयोगमा)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC