site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
३२ वर्षदेखि इंग्ल्यान्डमा टेस्ट सिरिज जितको खोजीमा वेस्टइन्डिज
Ghorahi CementGhorahi Cement

एजेन्सी । कोरोना भाइरसका कारण स्थगित भएको अन्तर्राष्ट्रिय क्रिकेट बुधबारबाट इंग्ल्यान्डमा सुरु भएको छ ।

पहिलो दिनको खेलमा इंग्ल्यान्डले ३५ रन जोडेर एक विकेट गुमाएको थियो । वर्षाका कारण टस नै ढिला भए पनि खेल सुरु भएको थियो । तर, जारी खेलका दौरान पुनः वर्षा भएपछि पहिलो दिनको खेल स्थगित भएको थियो । 

१९२८ देखि इंग्ल्यान्ड र वेस्टइन्डिज खेल्दै

Agni Group

इंग्ल्यान्ड र वेस्टइन्डिजबीच १९२८ देखि क्रिकेट खेलिँदै आएको छ । दुवै राष्ट्रले पछिल्लो ९२ वर्ष यता १५७ खेलमा आमने सामने भएका छन् । कुल खेलको कुरा गर्दा वेस्टइन्डिज इंग्ल्यान्डभन्दा बलियो देखिएको छ ।

वेस्टइन्डिजले १५७ खेल मध्येबाट ५७ खेलमा जित निकालेको छ । यता इंग्ल्यान्डले भने ४९ खेल जितेको छ । बाँकी सबै टेस्ट ड्र भएका छन् । तर, आफ्नो घरमा दुवै टोली बलिया देखिएका छन् । 

Global Ime bank

इंग्ल्यान्डले घरेलु मैदानमा ८६ खेल खेल्दा ३४ खेल जितेको छ । ३० खेलमा भने पराजय भोगेको छ । त्यस्तै २२ खेल बराबरीमा रोकिएका थिए । 

वेस्टइन्डिजको घरेलु मैदानमा भने इंग्ल्यान्डको रेकर्ड खराब छ । वेस्टइन्डिजमा खेलिएका ७१ खेलमा इंग्ल्यान्डले मात्र १५ खेल जितेको छ । यस दौरान २७ खेल वेस्टइन्डिजले जित्दा २९ खेल बराबरीमा रोकिए ।

३२ वर्षदेखि इंग्ल्यान्डमा टेस्ट सिरिज जितको खोजी

इंग्ल्यान्डको घरेलु मैदानमा वेस्टइन्डिजको जितको रेकर्ड लगभग बराबरी भए पनि पछिल्लो केही वर्ष यता सिरिज भने जित्न सकेको छैन । पछिल्लो ३२ वर्ष यता वेस्टइन्डिजले इंग्ल्यान्डको घरेलु मैदानमा टेस्ट सिरिज जित्न नसकेको हो ।

वेस्टइन्डिजले सन् १९८८ मा अन्तिम पटक इंग्ल्यान्डमा टेस्ट सिरिज जितेको थियो । उक्त पाँच खेलको सिरिज वेस्टइन्डिजले ४–० ले जितेको थियो । तर, १९९१ र १९९५ मा वेस्टइन्डिजले इंग्ल्यान्डसँग उसैको घरेलु मैदानमा बराबरी खेल्दै घर फर्किएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC