site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘निर्मला हत्याकाण्डले सधैं बिझाइरहनेछ’
Sarbottam CementSarbottam Cement

प्रहरी प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली बिहीबार (भोलि) बाट अवकाश पाउँदै छन् । २८ माघ ०७६ मा आईजीपी नियुक्त भएका ज्ञवालीको छाटो कार्यकाल कोरोना महामारीकै बीचमा सकियो । ‘लो प्रोफाइल’ मा बस्न रुचाउने दाबी गर्दै आएका ज्ञवालीको कार्यकाल कस्तो रह्यो, उनले गर्न चाहेको र पूरा गर्न नसकेका अधुरा कामहरू के–के रहे यसै सन्दर्भमा बाह्रखरीकर्मी केशवराज जोशीले गरेको संक्षिप्त कुराकानी

तपाईं प्रहरीको जागिरे जीवनबाट भोलिदेखि अवकाशमा जाँदै हुनुहुन्छ । छोटो समय प्रहरी महानिरीक्षक हुँदा अनुभव कस्तो रह्यो ?
यो समयमा मैले नियमित रूपमा प्रहरी संगठनबाट हुने कामहरू गरे । त्यसमा म केही पछि परेको जस्तो लाग्दैन । हाम्रो मुख्य काम भनेकै अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा कायम र विपतका बेला परिचालन हुने हो । यसमा नीतिगत रूपमा केही नयाँ निर्णय गरेर कार्ययोजनाहरू बनाएर पुराना थाती रहेका कामहरूलाई सम्पन्न गर्ने कुरा मैले गर्न पाइनँ । किनभने म प्रहरी महानिरीक्षक भएको एक महिना हुँदा नहुँदै कोभिड–१९ को विश्वव्यापी संकटले हामीलाई पनि अछुतो राख्न सकेन् । त्यसैले सम्पूर्ण कुरा कोभिड–१९ मै केन्द्रित गर्नुपर्यो । नियमित क्रियाकलाप बन्द भए । अड्डा अदालत, सरकारी कार्यालय, स्कुल कलेज बन्द भए । त्यसैले हामी सीमा व्यवस्थापन, लकडाउनको पालना, कोभिडको सचेतनाका लागि प्रचार–प्रसारलगायतका कुरामा केन्द्रित हुनपर्यो । यसरी काम गर्दा अरू कामहरू थाती रहे । तथापि विषय परिस्थितिमा फ्रन्टलाइनमा बसेर, संगठनकै सदस्यहरू संक्रमित हुँदाहुँदै पनि उच्च मनोबलका साथ काम गर्यौं । यसलाई मैले ठूलो सफलता मानेको छु । यसका साथसाथै अरू सबै मानिस लकडाउनमा घरमा बसे । हामी बाहिर निस्कियौं ।

Prabhu Bank
Agni Group
NIC Asia

संगठनको नेतृत्वमा रहँदा यो काम गर्न सकिएन भन्ने केही छैन ?
पूरामा अधुरा रहेका अनुसन्धानका कतिपय विषयमा लाग्न पाइएन । नियमित कामलाई पनि चुस्त–दुरुस्त गतिमै भए । ऐन कानुनको अधिनमा रहेर कर्तव्य पालना गर्नुपर्छ । अरूभन्दा पनि यो विषम् परिस्थितिमा अवसरको रूपमा परिणत गरेर विचलित नभएर अग्रमोर्चामा रहेर काम गरियो ।

निर्मला पन्त हत्याकाण्डको अनुसन्धानले पूर्णता पाउन सकेन ? यसलाई कसरी लिनुहुन्छ ?
एकदम मेरो कार्यकालमा यसले पूर्णता पाउन सकेन । तर कस्तो भयो भने अहिलेको अवस्थामा अदालतले कोही मान्छेलाई पीसीआर परीक्षण नगरी नल्या भन्छ । पक्राउ गर्नुपर्ने मान्छे पनि हामी पक्राउ गर्नसक्ने अवस्थामा भएनौं । फास्ट ट्र्याकबाट मुद्दाको अनुसन्धान गर्न सकिएन । महान्याधिवक्ताको कार्यालयले पनि भरसक थुनामा नराखेरै अनुसन्धान गर्नू भन्ने निर्देशन प्राप्त भयो । यस्तोमा कुनै गाउँमा गएर मान्छे पक्राउ गर्न सक्ने अवस्था भएन । भेट्नसक्ने अवस्था भएन । त्यो कारणले निर्मला हत्याकाण्डमा प्रवेश गर्नै पाएनौं । यसमा मलाई ठूलो ‘हडल’ छ । मैले सुरुमा आउनेबित्तिकै पनि भनेको थिए यसमा मेरो निरन्तर लगाव रहन्छ । अनुसन्धानमा निरन्तर सक्रिय हुन्छौं । सम्भवतः मेरै कार्यकालमा यसको निराकरण होस् भन्ने चाहेको थिएँ । तर त्यसमा लाग्नै पाइनँ । यो मेरो मनमा सधैं बिझिरहनेछ ।

Global Ime bank

तपाईंको कार्यकाल खासै विवादित नबने पनि सरुवा–बढुवा भने विवादमा पर्यो नि ?
हेर्नुस् सरुवा–बढुवाका कुरामा मेरो हैसियत के हुन्छ । एसएसपीबाट डीआईजी बढुवा गर्ने र डीआईजीबाट एआईजी वढुवा गर्ने अधिकार कसको हो ? त्यो हेर्नुपर्छ । त्यो हेरिसकेपछि मेरो हैसियत के हो, म कहाँनेर छु भन्ने बुझ्न जरुरी छ । नेपाल सरकारले गर्ने कुरामा मैले गर्न सकिनँ । सबै कुरा बाहिर भन्न मिल्दैनँ । केही कुरामा त्योभन्दा यो राम्रो भए हुन्थ्यो भन्ने त लागेको छ । तर मलाई लागेर पनि मसँग विकल्प थिएन । तर मैले प्रयास नगरेको भने होइन । तर सरकार वाचडगका रूपमा रहेर प्रहरीलाई स्वतन्त्र छाड्दा राम्रो हुन्छ ।

यसबीच तपाईंले राजनीतिक दबाब कतिले झेल्नुपर्यो ?
दबाब कतिको आउँछ भन्ने कुराभन्दा पनि आएको दबाबलाई कसरी सन्तुलित बनाउने भन्ने हैसियत संगठन प्रमुखले राख्न सक्नुपर्छ । त्यो सकेको नकसेको कुरा बाहिर देखिहालिन्छ नि ।

यहाँको आगामी यात्रा र ३० वर्षे प्रहरी सेवालाई कसरी सम्झिनुहुन्छ ?
भोलिबाट म सक्रिय प्रहरी जीवनबाट अवकाशमा जाँदै छु । अरू जीवनबाट अवकाश लिएको होइन । ३० वर्ष प्रहरीमा सेवा गरिसकेपछि बर्दी लगाएर नहिँडे पनि ममा प्रहरी गुण रहेकै हुन्छ । म बाहिर रहेर पनि प्रहरी संगठनका लागि योगदान गर्न चाहन्छु । भोलिका योजना के हो भने सोचेको छैन । म धेरै महत्त्वाकांक्षी व्यक्ति पनि होइन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC