site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुकुममा महिलामाथि प्रहरी र नगर प्रहरीको निर्घात कुटपिटको भिडियो भाइरल
Ghorahi CementGhorahi Cement

काठमाडौं । रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।  भिडियोमा प्रहरी र नगरप्रहरीको टोलीले एकजना महिलामाथि निर्घात लाठीचार्ज गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार यो घटना जेठ १ गतेको हो । तर कुटपिटको भिडियो अहिले भाइरल भएको हो । 

डीएसपी केसीका अनुसार कुटीएकी भनिएकी महिलाले नगरपालिकामा रहेको हेल्प डेस्कमा प्रहरी र स्वास्थ्यकर्मीलाई मदिरा सेवन गरेर दुर्व्यवहार गरेको आरोप छ । उनलाई नियन्त्रणमा लिनका लागि लाठी प्रहार गर्नुपरेको उनको भनाइ छ । तर नगरप्रहरी र नेपाल प्रहरीले ती महिलामाथि लगातार लाठी प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

Agni Group

महिलामाथि निर्घात कुटपिट गरेको देखिन्छ, घटनामा संग्लनलाई कारवाही हुँदैन ? भन्ने बाह्रखरीको प्रश्नमा डीएसपी केसीले भने,“भिडियो भाइरल भएपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरेका छौं । प्रारम्भीक रुपमा हेर्दा महिलाबाटै विवाद सुरु भएको देखिन्छ । दुवै पक्षलाई जिल्लामा बोलाएका छौं । मदिरा सेवन गरेकाले ती महिलाको शरीरमा पानी पनि हालेको बुझेको छु ।”

ती महिलालाई नगर प्रहरीले लात्ती, मुक्का र लाठीले लगातार पिटेको भिडियोमा देखिन्छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC