site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
खगेन्द्र नवजीवन केन्द्रको तालाबन्दीको समाधान

नेपालमा रहेका अपांगता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारी र पुनःस्थापनाका लागि काम गर्ने उद्देश्य राखी समाजसेवी स्वर्गीय खगेन्द्रबहादुर बस्नेतले विसं २०२६ सालमा स्थापना गरेका नेपाल अपाङ्ग संघ (खगेन्द्र नवजीवन केन्द्र) गैरनाफामुखी सामाजिक संस्था हो । आजका दिनसम्म आइपुग्दा संस्थाले  अपांगता भएका धेरै व्यक्तिलाई व्यावसायिक सीप, तालिम, शिक्षा, स्वास्थ्य, तथा अन्य विविध पुनःस्थापना सेवा प्रदान गरी आत्मनिर्भर बनाउन सहयोग गरेको छ ।

साथै अति  अशक्त अपांगता भएका व्यक्तिहरुलाई आजीवन सेवा उपलब्ध  गराउँदै आएको छ । यहाँबाट सेवा पाएर पुनः स्थापित अपांगता भएका  व्यक्तिहरु डाक्टर, नर्स, वकिल, पत्रकार, प्रशासक, शिक्षक, व्यापारी, राजनीतिक नेता, समाजसेवीजस्ता विभिन्न पेसा र क्षेत्रमा कार्यरत छन्  ।  यसरी हेर्दा खगेन्द्र नवजीवन केन्द्र सामाजिक संस्थाको रुपमा अपांगता भएका व्यक्तिहरुको मन र मस्तिष्कमा बस्न सफल रहेको  देखिन्छ । 

संस्थाको स्थापना र यसको विकासका लागि तत्कालीन राजदरबारको सहयोग, समाजका विशिस्ट व्यक्तित्वहरुले दिएका नेतृत्व एवं मार्ग निर्देशन तथा दात्री संस्थाहरुले गरेको सहयोगका कारण संघले  आफ्ना कार्यक्रम काठमान्डौंका साथै जनकपुर, दाङ, नेपालगंज, धनगढीमा समेत विस्तार गरेको थियो । देशका कुनाकाप्चामा रहेका अपांगता भएका ब्यक्तिहरुलाई समयानुकूल सेवा दिँदैआएको थियो । अहिले पनि यसलाई निरन्तरता दिने  कोसिस भइरहेको देखिन्छ । यस्ता किसिमका सेवाहरुको माग दिनानुदिन बढ्दै गएकाले आधुनिक ढंगबाट विविध सेवाहरु विस्तार गरी बढीभन्दा बढी अपांगता भएका व्यक्तिलाई सेवा उपलब्ध गराउनु आवश्यक देखिन्छ। 

Agni Group

देशमा भएका राजनीतिक परिवर्तनले समाजका विभिन्न अंगमा असर पारेका छन् । नेपाल अपाङ्ग संघ पनि यसबाट अछुतो रहन सकेन ।  संघमा संचालित विभिन्न कार्यक्रम आर्थिक अभावका कारण धमाधम बन्द हुन थाले । अपांगता भएका व्यक्तिहरुका लागि यो ज्यादै दुःखद यथार्थ बन्यो । समयको अन्तरालसँगै समाज सेवाका नाममा संस्थामा विविध विचार र राजनीतिक आस्थाका व्यक्तिहरुको आगमन हुन थाल्यो ।

संस्थालाई अपांगता  भएका व्यक्तिहरुको पुनःस्थापनाका कामभन्दा बढी व्यापारीकरण गर्न थालियो । फलस्वरूप सामाजिक उद्देश्यमात्र भएको स्वयंसेवी संस्थामा राजनीतिक चलखेल हुन थाल्यो । यसैको परिणाम आज देशको अपांगताको क्षेत्रमा काम गर्ने अग्रणी संस्था भ्रस्टाचार  मुद्दामा अदालत र अख्तियारको ढोका ढ्कढ्कआउदै  हिँड्नु परेको छ ।

Global Ime bank

यसको सत्यतथ्य छानबिन भई यथार्थ सबै सामु आउनुपर्छ । ‘बाघको छालामा स्यालको रजाइँ’ जस्तो भएको छ । अपांगता भएका व्यक्तिहरुको लागि संचालित संस्थामा उनीहरुलाई उनीहरुले पाउनु पर्ने सेवा र सुविधाबाट विमुख गराइएको छ । संघर्ष समितिले आरोप लगाएजस्तै व्यवस्थापन पक्षबाट भ्रस्टचार भएको हो भने भ्रस्टाचारीलाई कानुनको दायरामा ल्याई उचित क्षतिपूर्ति भराउन कानुनी उपचार खोज्न अपांगता क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, बुद्धिजीबी, समाजसेवी, एवं नागरिक समाजले सहयोग गर्नुपर्ने देखिन्छ। 

अहिले देशमा कोरोना महामारीको संकटका कारण परिस्थिति विकराल बन्दै गरेको छ । यस अवस्थामा आन्दोलन हुँदा अपांगता भएका व्यक्तिहरु झन् जोखिममा पर्न सक्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अपांगता भएका व्यक्तिहरु कोरोना संक्रमणको उच्च जोखिममा छन् । यसैले उनीहरुलाई विशेष ढंगबाट सेवा दिई यस रोगबाट बचाउनु पर्छ । 

यस्तो विषम परिस्थिति हेर्दा आन्दोलनका माग वार्ताका माध्यमबाट समाधान गर्नु बढी बुद्धिमानी देखिन्छ । आन्दोलनकारी, विपक्षी, स्थानीय सरकार र स्वतन्त्र व्यक्तिहरुको विशेष समूह बनाई यसको छिटो छिनोफानो गरी भावी दिनहरुमा कसरी अगाडि बढ्ने भन्नेतर्फ सबैले लाग्नु नै अहिलेको उत्तम विकल्प देखिन्छ । सबैले सबैको सम्मान गर्दै अगाडि बढ्ने अवसर सिर्जना गरी रचनात्मकरुपमा यो समस्याको  समाधान खोजी अपांगता भएका व्यक्तिहरुको बढीभन्दा बढी समाजका हरेक क्षेत्रमा समवेशिताका लागि सबैले सहयोग गरौँ । आगामी दिनमा विगतका कमजोरीबाट सिक्दै अझ बढी सम्मान, सहयोग, समावेशी तथा जिम्मेवारीसाथ बढ्ने वातावरण बनाउनुमै सबैको कल्याण  देखिन्छ ।

यसका लागि दुवै पक्षले “मेरा गोरुका बाह्रै टक्का“ भन्ने हठ छोडी समस्या समाधान गर्ने वातावरण सिर्जना गर्नेतर्फ सोच्नु आजको आवश्यकता हो। 

सामाजिक संस्थामा भ्रस्टाचारी क्रियाकलाप गर्ने जो कोहीलाई कानुनी कारबाही गरिनुपर्छ । खगेन्द्र नवजीवन केन्द्रका कार्यक्रमहरु समयानुकूल ढंगबाट संचालन गर्न हलको व्यवस्थामा परिवर्तन गरी युग सुहाउँदो व्यवस्था गरेर अपांगता भएका व्यक्तिहरुका लागि विविध पुनःस्थापकीय समावेशी कार्यक्रमहरु संचालन गर्नुपर्छ ।

( नेपाल अपाङ्ग संघ (खगेन्द्र नवजीवन केन्द्र)का पूर्व कर्मचारी तथा हाल क्यानाडामा अपाङ्गता अध्ययन तथा अनुसन्धानमा संलग्न ) 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC