site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
क्यालिफोर्नियामा कोरोना प्रभावित नेपालीलाई १९ हजार डलर सहयोग 
Sarbottam CementSarbottam Cement

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीलाई १९ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइएको छ । कोरोनाको कारण प्रभावित बनेका नेपालीहरुलाई स्थानीय संघसस्थाले सहयोग उपलब्ध गराएका हुन् ।

क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को आसपासमा रहेका नेपालीहरुलाई सहयोग उपलब्ध गराइएको नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)का महासचिव कैलाश थापाले जानकारी दिएका छन् । यो संस्थाको समन्वयमा गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टर, दि व्हाइट जोन, सन्नी सगरमाथा समाजलगायतका संस्थाहरुले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग उपलब्ध गराएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

समस्यामा परेका नेपाली विद्यार्थी, अमेरिकी सरकारबाट राहत पाउन नसकेका नेपालीलाई आपत्कालीन अवस्थामा सहयोग उपलब्ध गराइएको जानकारी न्यान्सले दिएको छ । राहतका लागि व्यक्ति तथा सस्थाहरुबाट करिव २० हजार डलर संकलन भएको थियो । योमध्ये एक हजार डलर नगद बाँकी रहेको न्यान्स कार्यसमिति सदस्य यादव पोखरेलले बताएका छन् ।

आर्थिकरुपमा समस्यामा परेका ६८ जना एकल तथा परिवारलाई १७ हजार ४ सय डलर उपलब्ध गराइएको थियो । त्यस्तै १ हजार ४ सय डलरको मेडिकल सामाग्री उपलब्ध गराइएको जानकारी पनि न्यान्सले दिएको छ । 

Global Ime bank

अन्तर्राष्ट्रिय विद्यार्थीको हैसियतमा अमेरिकामा रहेका नेपालीलाई असहज अवस्था रहेको र यस्तो आर्थिक सहयोगले उनीहरुलाई तत्कालका लागि केही राहत मिलेको सस्थाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC