site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एउटै कम्पनीका दुईभन्दा बढी सिमकार्ड लिन नपाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । एउटै कम्पनीको दुईभन्दा बढी सिम प्रयोग गर्न नपाइने भएको छ । 

नेपाल दूरसञ्‍चार प्राधिकरणले सिमकार्डको प्रयोगमार्फत हुन सक्ने सुरक्षा जोखिमको संवेदनशिलतालाई मध्येनजर गर्दै यस्तो व्यवस्था गरेको प्रवक्ता मिनप्रसाद अर्यालले बताए । 
प्राधिकरणको यो व्यवस्था अनुसार अबदेखि कुनै पनि व्यक्तिले एउटै टेलिकम सेवा प्रदायक कम्पनीको २ भन्दा बढी सिमकार्ड लिन पाइने छैन । “यो व्यवस्था अनुसार नेपाल टेलिकमको सीडीएमएसमेत गरी बढीमा ३, एनसेल, स्मार्ट, यूटिएलको हकमा बढीमा दुईवटा मात्रै सिम प्रयोग गर्न पाइनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

निरिक्षण तथा जाँचबुझको क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना गरेको नपाइएमा कारवाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC