site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

‘अन्धेर नगरी चौपट राजा’को कथा नेपालमा पूरै चरितार्थ हुँदै गएको छ । कोभिड—१९ को महामारी, सलहको प्रकोप र देशका विभिन्न भागमा आएको बाढीपहिरोबाट नेपाल जनता आक्रान्त छन् । शासकहरू भने सत्ताको लुछाचुँडी र भागबन्डाबाहेक अरू विषयमा चासो नै राख्तैनन् । कोभिड—१९ को महामारी सुरु भए यता प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको ध्यान पार्टीको आन्तरिक किचलोबाहेक अन्यत्र गएको देखिँदैन । जनताका समस्या र मर्काप्रतिको यही अत्यासलाग्दो उदासीनताले अहिले राजधानीमै विभिन्न शैलीका शान्तिपूर्ण विद्रोह निम्त्याएको छ । कोभिड—१९ को व्यवस्थापनमा सरकारले गरेको हेलचेक्य्राइँ र भ्रष्टाचार रोक्ने माग राखेर थालिएको ‘इनफ इज इनफ’का अभियन्ताहरू सत्याग्रहमा छन् । खोकनाका किसानहरूले आफ्नो थातथलो जोगाउन खेतमा रोपाइँ गरेर विद्रोह थालेका छन् । हरिसिद्धमा भने सडकको दुर्गतिप्रति व्यंग्य गर्दै स्थानीयहरूले खेतमै रोपाइँ गरेका छन् । 

यस्ता कुनै कार्यले सत्ता पल्टिँदैन । यसैले प्रधानमन्त्री ओली अहिले आफूलाई पदबाट हटाउन खोज्ने सत्तारुढ दलका नेताहरूसँग साम, दान, दण्ड, भेलको रणनीति अपनाएर छलफलमा लागेका छन् । तर, अनशनकारी अभियन्तामध्ये दुई जनाको स्वास्थ्य स्थिति बिग्रेपछि अस्पतालमा भर्ना गरिएका छन् । उनीहरूले अनशन थालेकै १० दिन भइसक्यो । यसबीच प्रधानमन्त्री ओली सत्याग्रहीलाई भेटेर आश्वासन दिए पनि उनीहरूको माग पूरा गरिएको छैन । खोकनावासीलाई उनीहरूकै खेत रोप्न नदिएर प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरिएको छ । विकासका नाममा आफ्नो समुदायको उठिवास र सभ्यताको विनाश हुने भन्दै खोकनावासीहरू आन्दोलनमा उत्रेका हुन् । मुआब्जासमेत नलिएको जमिनमा खेती गर्न खोज्दा पनि बल प्रयोग गरेर सरकारले ज्यादती गरेको छ । सडक बनाउन ठेक्का लिएर पेस्की बुझेपछि भत्काएर वर्षौंसम्म अलपत्र छाड्ने ठेकेदारहरूविरुद्ध हरिसिद्धिका बासिन्दाले खेतमै रोपाइँ गरेर विद्रोह गरेका हुन् ।
 
विडम्बना, सर्वोच्च अदालतको आदेशमात्र सरकारले पालना गरिदिने हो भने ‘इनफ इन इनफ’ अभियानको मुख्य माग पूरा हुन्थ्यो । जनताप्रतिको कर्तव्य त नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यो सरकारले कहिल्यै हेक्का राख्ने गरेको छैन । कर्तव्य पालन गर्नु नैतिक बाध्यता हो । तर, सर्वोच्च अदालतको आदेश पालना गर्नु त सरकारको कानुनी बाध्यता पनि हो । महामारीमा आफन्त पोस्ने गरी कमसल गुणस्तरको सामान ल्याएर र विश्व स्वास्थ्य संगठनले अस्वीकृत गरेको आरडीटी किट महँगो मूल्यमा धेरै किनेर सरकारले गरेको भ्रष्टाचारको नेपाल कम्युनिस्ट पार्टीका नेताबाहेक अरू सबैले विरोध गर्दैआएको विषय नै अनशनकारीले पनि उठाएका हुन् । खोकनावासीले बाँच्ने संवैधानिक अधिकार रक्षाका लागि विरोध गरेका हुन् भने हरिसिद्धवासीले सरकारलाई दह्रो व्यंग्य गरेका छन् । सायद, सत्ता पल्टाउने मोर्चामा अग्रपंक्तिमा रहेका वरिष्ट नेता माधवकुमार नेपाल र चिनियाँ राजदूतबीचको ‘मैत्रीपूर्ण’ परामर्शपछि अब दुई अध्यक्षमात्र बसेर गर्ने वाताबाटै पार्टी फुटाउने र सत्ता गुमाउने संकट टर्नेछ । यसैले सरकारले जनताका समस्यामा पनि ध्यान दिन थालोस् । अनशनकारी युवाका उचित मागहरू तत्काल पूरा गरोस् र खोकना तथा हरिसिद्धिवासीका गुनासा पनि सुनोस् । ‘इनफ इज इनफ’का अभियन्तासँगै खोकना र हरिसिद्धि पनि सरकारविरुद्ध अभियानमा होमिए भने अहिलेको हेलचेक्य्राइँ र उदासीनता सरकारलाई निकै महँगो पर्नसक्छ । अहिले सरकार सबै मोर्चामा चुकेको देखिएको छ । यस्तो असफलता राष्ट्रकै लागि चिन्ताजनक हुनसक्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC