site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दुईजना अध्यक्षबीच कुरा नमिल्दासम्म स्थायी कमिटी अनिश्चित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नमिल्दासम्म नेकपाको स्थायी कमिटी बैठक अनिश्चित देखिएको छ । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा छैटौंदिनदेखि अवरोध आएको छ । 

गत बिहिबारदेखि रोकिएको बैठक दुई अध्यक्षबीच सहमतिको वातावरण तयार नहुञ्जेल अझै अघि बढ्न नसक्ने प्रधानमन्त्री ओलीनिकट स्रोतले जानकारी दियो । बाहिर, दुई अध्यक्ष बसेर समाधान खोज्ने छलफल भइरहेकाले आजको स्थायी कमिटी बैठक रोकिने सम्भावना रहेको प्रधानमन्त्री निकट नेता बताउँछन् । “दुई अध्यक्षबीच बढ्दो तनावको अन्त्य नभइ स्थायी कमिटी सुचारु हुने देखिँदैन,” स्रोत भन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई अध्यक्षबीचको तनाब आइतबारको बैठकले केही मत्थर तुल्याएको छ । दोस्रो तहका नेताहरूले सहमतिको साझा विन्दु खोज्न सघाइरहेका छन् । आइतबार ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रचण्डका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा छलफलमा सहभागी थिए । उनीहरूले नै सहमतिको साझा विन्दु तय गर्न सहजीकरण गरिरहेका छन् । उनीहरूबीच सामान्य छलफल भए पनि मूर्त प्रस्ताव भने तयार नभएको स्रोतको दाबी छ । 

“नेताहरूकाबीचमा सामान्य कुराकानी भएको छ । त्यस्तो ठोस प्रस्ताव तयार भएको छैन । आज पनि संवादलाई निरन्तरता दिने र सहमति खोज्ने प्रयास जारी रहेनेछ,” स्रोतले भन्यो । यसैबीच ओली निकट नेताहरूले दुई अध्यक्षबीच सहमतिको सूत्र पत्ता नलाग्दासम्म स्थायी कमिटी रोक्न दबाब बढाएका छन् । केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले पनि नेकपाको हालको विवाद समाधान गर्ने विधि तय नभएसम्म स्थायी कमिटीको बैठक स्थगित गर्न सुझाव दिएका छन् । “नेकपाको हालको विवाद समाधान गर्ने सूध पत्ता नलागेसम्म स्थायी कमिटीको बैठक स्थगित गरे हुन्छ । हालसम्म सूत्र पत्ता नलागेको हुनाले आज बस्ने भनेको बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिदिए हुन्छ,” उनी भन्छन् ।

Global Ime bank

तर, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताले ओली सहमतिमा नआए स्थायी कमिटी बैठक बसेर निर्णय लिनुपर्ने बताउँदै आएका छन् । प्रचण्ड निवास खुमलटारमा नियमितजस्तो भेट्दै र छलफल गर्दै आएका उनीहरूले स्थायी कमिटी बैठकभन्दा बाहिर समाधान ननिस्कने भन्दै ओलीले बैठकमै आएर आफ्ना कुरा राख्नुपर्ने तर्क गर्दै आएका छन् । “हामीबीच स्थायी कमिटी बैठक रोक्न नहुने कुराकानी हुँदै आएको छ । प्रधानमन्त्री आउँदैनन् भने बैठक बसेर एजेन्डामा छलफल गर्नुपर्छ,” खनालको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC