site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मच्छिन्द्रनाथको रथारोहण असार २४ गते
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही  असार २४ गते हुने भएको छ ।  मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो ।

सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पानेजु हेमबज्र बाजाचार्यले बताए । उनले भने, “हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चारचार जना पुजारी मिलेर बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोकमा रहेको रथमा विराजमान गराइन्छ ।” 

सो दिन मच्छिन्द्रनाथलाई रथमा राख्ने तयारीका साथ हाल धमाधम रथ निर्माणको काम भइरहेको पुजारी बज्राचार्यले जानकारी दिए । जात्रा अघि बढाउन ललितपुरका विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्ति, धार्मिक सङ्घसंस्था र  स्थानीय व्यक्तिले विशेष  पहल गरेका छन् । 

Agni Group

विगत वर्षमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएको चार दिनपछि रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जावलाखेल लगेर जात्रा देखाउने चलन रहँदा यस वर्ष के गरिन्छ भन्ने टुङ्गो लागिसकेको छैन । 

हरेक वर्ष वैशख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ ।  यस वर्ष भने यही असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माण गर्ने काम अघि बढेको हो । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथयात्रापछि भोटो जात्रा हुन्छ ।
 
किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि रिसले उनले पशुपति मृगस्थलीमा नवनागलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । 

Global Ime bank

दैनिक पाँच सय दर्शनार्थी

हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथको दैनिक करीब पाँच सय दर्शनार्थीले गर्ने गरेका छन् । युगौँदेखि चल्दै आएको रथयात्रा यस वर्ष कोभिड–१९ ले सामान्य हुने अनुमान गरिए पनि  रोगभन्दा संस्कृति ठूलो भन्ने मान्यताका साथ भक्तजन दर्शनमा आउने गरेका पानेजु पूर्णराज शाक्यले बताए । 

उनले भने, “बिहान ४ बजेदेखि राति ८ बजेसम्म दर्शन गर्न आउने मानिसको भीड सधैँ हुन्छ । यसमा पनि शनिबार र अन्य बिदाको दिन झन् यसभन्दा बढी नै हुन्छन् । ” 

कोरानाका कारण सामाजिक दूरी कायम गरी भक्तजनलाई मच्छिन्द्रनाथको दर्शन गर्न दिने व्यवस्था मिलाइएको शाक्यले जानकारी दिए । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC